जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

‘पर्यटकीय नगरी’ सूर्योदय क्षेत्रमा सरसफाई

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
‘पर्यटकीय नगरी’ सूर्योदय क्षेत्रमा सरसफाई


फिक्कल: पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाको फिक्क्ल बजार सहित १४ वटै वडामा आज सरसफाई गरिएको छ ।
नगर स्तरीय सरसफाई कार्यक्रम अन्र्तगत सूर्योदयको फिक्क्ल , पशुपतिनगर सहित पर्यटकीय स्थलहरु कन्याम , अन्तु लगायतका स्थानमा सरसफाई गरिएको हो ।
नगर प्रमुख रणबहादुर राईले फिक्कल बजारमा सरसफाई कार्यमा सरिक हुँदै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । फिक्कल बजारमा छरपस्ट अवस्थामा फालिएका प्लाटिष्क सहितका फोहोरमैला संकलन गरिएको थियो भने बजारको ढलमा जम्मा भएको फोहोर समेत उठाईएको थियो । नगर प्रमुख राईले पर्यटकीय नगरीलाई सधै सफा र सुन्दर राख्नका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भर्यो नगरलाई पर्यटन मैत्री राख्न र नगरबासीको स्वास्थ्यलाई समेत ख्यालमा राखी अभियान थालेका हौ ।’
सरसफाई कार्यक्रममा आफै खटीनु भएका नगर प्रमुख राईले यस्ता कार्यक्रममा बजारबासीको सहभागीता बढनु पर्ने बताउनु भयो । उहाले सरसफाई जस्ता सामाजिक कार्यमा बजारबासीको सहभागीता आवश्यक रहेको समेत बताउनु भयो ।
सूर्योदय नगरपालिका वडा नम्बर १० का अध्यक्ष वडाध्यक्ष पेमा उगेन लामाले सरसफाई कार्यक्रमले बजार र पर्यटकीय स्थलाई हराभरा राख्न सहयोग पुग्ने बताउनु भयो ।
सरसफाई कार्यक्रममा नगरका जनप्रतिनिधि , कर्मचारी , जनपथ, शसस्त्र , ट्राफिक प्रहरी सहित , शिक्षक , स्वास्थ्य कर्मी , बिभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रममा सक्रिय सहभागीता जनाउनु भएका शसस्त्र प्रहरीको बोर्डर अब्जरबेसन पोष्ट(बिओपी) पशुपतिनगरका इन्सपेक्टर नविन खतिवडाले नगरले थालेको अभियानलाई साथ दिदै नगरबासीले आफनो घरवरिपरि आफै सफा राख्नु पर्ने बताउनु भयो ।
फिक्क्ल बजार सहित , बरबोटे , पशुपतिनगर, आईतबारे , तीनघरे सहित कन्याम र अन्तुमा सरसफाई कार्यक्रम गरिएको छ ।
१४ वटै वडाका वडाध्यक्षको अगुवाईमा वडाका हाटबजार लाग्ने स्थान सहित , कार्यालय , बिद्यालय र सार्वजनिक स्थलको सरसफाई गरिएको थियो ।
अन्तु र कन्याम क्षेत्रमा पर्यटकको चापका कारण जम्मा भएको फोहोरमैला संकलन गरिएको छ । अन्तु क्षेत्रमा पर्यटकका कारण थुप्रीएको फोहोरमैला संकलन गरी पर्यटकीय क्षेत्रको सरसफाई गरिएको शसस्त्र प्रहरीको बोर्डर अब्जरबेसन पोष्ट(बिओपी) छब्बीसेका इन्चार्ज अशोक खरेलले जानकारी दिनु भयो ।
वडास्तरमा भएका कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , शिक्षक प्रहरी , बिद्यार्थी सहभागी भएका थिए ।

TOP