जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

करफोक क्याम्पसमा छोरी–बुहारी शिक्षाको संझौता

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
करफोक क्याम्पसमा छोरी–बुहारी शिक्षाको संझौता

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर १२ स्थित करफोक विद्यालयमा छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमको सम्झौता भएको छ । कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालको उपस्थितमा छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमको सम्झौता भएको हो । सूर्योदय नगरपालिकाले विगत ८ वर्षदेखि करफोक क्याम्पससँगको संझौतामा उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृति कार्यक्रम गर्दै आएको छ ।
समाजको समुन्नति, समान अवसर र समावेशी विकासका लागि छोरी तथा बुहारीको शिक्षा अत्यन्तै महत्वपूर्ण विषय भएको भन्दै सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ बाट नै छोरी बुहारी शिक्षा संचालन गर्दै आएको छ । शिक्षित छोरी र बुहारीले परिवार मात्र होइन, समाज र राष्ट्रको भविष्यलाई नै उज्यालो बनाउने विश्वास लिएको कार्यवाहाक नगर प्रमुख दुर्गाकुमार बरालले बताउनु भयो ।
सूर्योदय नगरपालिकाले शिक्षा, समानता र महिला सशक्तिकरणलाई केन्द्रमा राखेर अघि बढाइरहेको नीतिअन्तर्गत यस्तो कार्यक्रमले स्थानीय तहबाटै सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्दै आएको कार्यक्रममा यस वर्ष २८ जना विद्यार्थीसँग संझौता भएको छ । छोरी–बुहारी छात्रवृत्ति सम्झौता कार्यक्रममा सूर्योदय नगरपालिका २ का अध्यक्ष डिक बहादूर बम्जन, महिला वालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा सेर्पा, शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई ,करफोक क्याम्पसका प्रमुख गोपाल कट्टेल लगायतको उपस्थिति रहेको थियो । यस अघि ९० जना छोरीबुहारीले स्नातक उत्र्तीण गरिसक्नु भएको छ भने हाल सम्म दुईसय ६५ जना छोरीबुहारी संग सम्झौता भैसकेको छ । नगरले स्नातक उत्तीर्णलाई सय दिनको रोजगारी समेत दिर्दै आएको छ ।

TOP