पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल

फिक्कल :  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इलाम क्षेत्र नं. १ मा नेतृत्व चयनलाई सर्वसम्मत बनाउने उद्देश्यसहित पूर्व सभापति फोरमले पहिलो चरणको छलफल आयोजना गरेको छ। सूर्योदय नगरपालिका–१० फिक्कलमा सम्पन्न उक्त बैठकले गुटगत राजनीति अन्त्य गर्दै साझा सहमतिका आधारमा नेतृत्व चयन गर्ने दिशामा महत्वपूर्ण संकेत दिएको हो ।

फोरमको योजनाअनुसार आयोजित बैठकमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला तथा क्षेत्रीय समिति सदस्य, साथै विभिन्न पदका आकांक्षीको उल्लेख्य सहभागिता रहेको थियो। आकांक्षीको संख्या धेरै भएकाले सहमति जुटाउन चुनौती देखिए पनि, अन्तिम प्रयास स्वरूप साझा समझदारी कायम गर्ने लक्ष्यसहित छलफल अघि बढाइएको फोरमले जनाएको छ।
पूर्व क्षेत्रीय सभापति दुर्गाकुमार बरालले बैठकमा बोल्दै क्षेत्र नं. १ लाई एकताबद्ध बनाएर अघि बढ्ने उद्देश्य पहिलो प्राथमिकता भएको बताए। “यो पहिलो चरणको प्रयास हो,चरणबद्ध रूपमा छलफल बस्छौँ। अधिवेशन हुने–नहुने हेर्छौँ, नभए पनि दुई–चार चरण छलफल गरेर सहमतिको बाटो खोज्छौँ,” उनले भने।

उनले लोकतान्त्रिक प्रणालीमा आकांक्षा स्वाभाविक भएको उल्लेख गर्दै अन्ततः निर्वाचन भए पनि सबैले एक–अर्कालाई स्वीकार गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। “जो सभापति भए पनि सबैलाई मिलाएर लैजानुपर्छ। अहिलेको माग र नयाँ पुस्तालाई सम्बोधन गर्ने गरी नयाँ अनुहारको खोजी पर्नेमा बरालले जोड दिनु भयो ।

पूर्व सभापति भिष्म प्रधानले युवा पुस्तालाई नेपाली कांग्रेसले प्राथमिकतामा राखेर अघि बढ्न सुझाव राखे । उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले उम्मेदवार बन्न कसैलाई पनि रोकावट नहुने उल्लेख गरे ।
संविधानसभा सदस्य टिकाराम सुब्बा लेप्चाले युवाहरु एकमत भएर आएर त्याग गर्न समेत पछि नपर्ने उल्लेख गरे । उनले निर्वाचन नजिकिदै गरेकाले कांग्रेस भित्र एकता रहेको सन्देश जनता सामु ल्याउन सबैको सहकार्य हुनुपर्ने बताए ।
बैठकमा पुस्तान्तरणलाई पनि प्राथमिकता दिँदै जेन–जी, जेन–वाई र जेन–एक्स सबैलाई समेटेर वडा हुँदै क्षेत्रसम्म समावेशी नेतृत्व निर्माण गर्ने अवधारणामा छलफल गरिएको थियो।छलफलमा आगामि फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जनताले रुचाएको र युवा पुस्ताको उम्मेदवारलाई प्राथमिकतामा राख्ने बिषय समेत उठेको थियो ।
उक्त छलफलमा आकांक्षीमध्ये यमन लामा र जीवन नेपाल अनुपस्थित रहे भने मणि गुरुङ, उद्धव पौडेल, हरिकला गौतम श्रेष्ठ, सुवास स्याङ्बो, राजकुमार सेरङ, सोनामकाजी लेप्चा र कुसुम दहाल सहभागी थिए।नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै इलाम क्षेत्र नं. १ मा गुटगत राजनीति अन्त्य गरी साझा र स्वीकार्य नेतृत्व चयन गर्ने दिशामा पूर्व सभापति फोरमको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यहीँबाट निर्वाचित प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनको दिशानिर्देश गर्ने भएकाले इलाम क्षेत्र नं. १ मा हुने सहमति वा प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा समेत सन्देश दिनेछ। तर निर्धारित समयमा महाधिवेशन नहुने देखिएको छ ।बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको छ ।

TOP