Hamropalika menu advertisement

माईजोगमाई ५ मा अपाङ्गता भएका ब्यक्तिलाई घरमै अपाङ्गता परिचयपत्र  वितरण

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
माईजोगमाई ५ मा अपाङ्गता भएका ब्यक्तिलाई घरमै अपाङ्गता परिचयपत्र  वितरण

माईजोगमाई : माईजोगमाई गाउँपालिका अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईको संयोजकत्वमा आज माईजोगमाई ५ सोयाङमा अपाङ्गता भएका ब्यक्तिहरूको घरैमा पुगेर उनिहरूको पारिवारीक अवस्थाको जानकारी लिने, आवस्यक पुनर्स्थापना सेवाको पहिचान गर्ने, साथै हालको स्वास्थ परीक्षणका साथ अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ।
उक्त अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश वहादुर थेवे , माईजोगमाई आधारभूत अस्पतालका डाक्टर यसमिन शेर्पा , सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेल, वडा नं ५ का वडा सदस्य कमल बहादुर राउत अपाङ्गता समन्वय समितिका सदस्यहरु भक्तराज लामगादे ,धन बहादुर नेपाल , हिमामाया भण्डारी, अपाङ्गता सहायता कक्षका कर्मचारी सरोज पौडेल, पन्जिकरण इकाईका डम्बर निरौला, लगायतको उपस्थितिमा माईजोगमाई गाउँपालिका वडा नं ५ मा अपाङ्गता भएका ५ जना ब्यक्तिलाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको हो ।
माईजोगमाई गाउँपालिका वडा नं ५ सोयाङमा आज अपाङ्गता भएका १ जनालाई रातो (पूर्ण अशक्त अपाङ्गता )कार्ड र २ जनालाई निलो (अति अशक्त अपाङ्गता ) १ जनालाई पहेलो र १ जनालाई सेतो कार्ड प्रदान गरिएको हो ।
पालिकाले अपाङ्गता भएका ब्यक्तिलाई स्वास्थ उपचार सहायक सामग्री तथा आवस्यक सेवा सुविधा साथै हिडडुल गर्न नसक्ने अपाङ्गता भएका ब्यक्तिको घर घरमा नै पुगेर परिचय पत्र बितरण गर्दै आएको छ ।

 

TOP