पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक
Hamropalika menu advertisement

इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेकोमा सांसद नेम्वाङको आपत्ति

  • प्रकाशित मितिः November 22, 2026
  • हाम्रो पालिका
इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेकोमा सांसद नेम्वाङको आपत्ति

काठमाडौं : प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्‍याएकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको बताए ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सांसद समेत रहेका नेम्वाङले कार्यालयलाई टाढा सारेर नभइ अझै नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।‘अहिले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ। सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पुर्‍याउँदै आएको थियो,’ उनले भने, ‘यस कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको छ ।’उनले यथाशिघ्र उक्त कार्यालय इलाममै कायम गर्न र विकल्प स्वरुप सेवायुक्त कार्यालय स्थापना गर्नुपर्ने बताए ।

‘सेवाप्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो । यसलाई टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नु पर्दछ,’ सांसद नेम्वाङले भने, ‘त्यसैले, म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यथासिघ्र यो कार्यालय इलाममै कायम गरियोस्, वा यसको विकल्प स्वरूप, पूर्ण सेवायुक्त कार्यालय, त्यहीं स्थापना गरियोस् ।’ अनलाईन खबर

TOP