प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

बिश्वमै दुर्लभ ‘हिमालयन वुड आउल’चरा थुम्केरानीमा भेटीयो

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
बिश्वमै दुर्लभ ‘हिमालयन वुड आउल’चरा थुम्केरानीमा भेटीयो

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा बिश्वमै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’नामको चराको जोडी भेटएको छ ।अगस्ट ४ देखि शुरु भएको ध्वासे चितुवा दिवको अवसरमा एक साता लामो बर्खाका चरा अवलोकन गर्ने क्रममा झापाका वाइल्ड लाईफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाईटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा बिश्वमै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’नामको चराको जोडी क्यामेरामा कैद गर्नु भएको हो ।
उल्लु परिवार भित्रको बैज्ञानिक नाम ‘हिमालयन वुड आउल ’भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाईफ फोटोग्रफर खरेलले जानकारी दिनु भयो ।भारत , पाकिस्थानको पश्चिमी हिलाम हुँदै नेपाल , भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चिन, कोरिया र ताइवानका केहि भागमा उक्त चरा पाईने गरीएको फोटोग्राफर खरेलले जानकारी दिनु भयो । नेपालमा उक्त चरा दुर्लभ रुपमा मात्र देखिने गरीएको छ । नेपालको मध्य देखि उच्च पहाडी वन क्षेत्रमा स्थाई रुपमा उक्त चरा पाइने गरीन्छ ।
उक्त चरा लगभग एक हजार मिटर देखि तीन हजार छ सय मिटरको उचाईमा सल्ला, लोठ सल्ला,र गुराँसको बनमा पाइने गरीएको चराको खोजकर्ताले दिएको जानकारीमा उल्लेख छ । यस पटक थुम्केरानी क्षेत्रको दुई हजार तीन सय ५० मिटरको उचाईमा उक्त चरा पाइने अभिलेख राख्न सफल भएको कोशी बर्ड सोसाईटीका पूर्व अध्यक्ष तिम्सिनाले जानकारी दिनु भयो ।
कानको झुप्पा नदेखिने , गोलो टाउको भएको, खैरो र सेतो छरिएको अनुहार , खैरो शरीर , सेतो पेटमा पातलो खैरो धर्सा र पंखमा बार उक्त चराको शरिर रहेको हुन्छ । बाहिरी रुपमा मलाहा हुचिल जस्तो टाउकोको रुप देखिए पनि रङ र आवाजमा फरक हुन्छ । गहिरो दुई नोटको हू–हू शैलीको स्वर जोडीले एक आपसमा उत्तर दिने प्रकारले निकाल्ने गरेको पाइन्छ । उक्त चरा साँझ र राती सक्रिय रहने गरेको र यी चराले मुसा , भ्यागुता , साना चरा , रातका पुतली र ठूला किरा आहार गर्ने गरेको फाटोग्राफर खरेलले जानकारी दिनु भयो। उक्त चराले हिउदको अन्त्य देखि बसन्त ऋतु सम्म प्रजनन गर्ने गरेको पाइन्छ । रुखका खोच वा ढुंगाको पाmटमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ ।
बिश्वब्यापी रुपमा उक्त चरा स्वस्थ बनमा आश्रित रहेकाले बनबिनास लगायतका कारण बासस्थान टुक्रिदै जादा बिश्वमै दुर्लभ बन्दै गएको पाइन्छ ।
वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडिले यस पटक बर्खे चरा खोजने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातीका चरा फेला पारेको पाइएको छ । ‘बिश्वमै दुर्लभ बन्दै गएको सयौ प्रजातीका चरा यहाँका बनजंगमा छन तर संरक्षणको अभावमा मासिने अवस्था रहेकाले संरक्षण गर्न जरुरी छ’ खरेलले भन्नु भयो ।

 

 

TOP