प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

दुर्घटना न्यूनीकरणमा सक्रियता बढाउदै इलाम ट्राफिक प्रहरी

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
दुर्घटना न्यूनीकरणमा सक्रियता बढाउदै इलाम ट्राफिक प्रहरी

इलाम :  इलाम जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा पनि सवारी दुर्घटना न्यूनीकरणका लागि थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्ला वर्षहरूमा इलाममा सवारी दुर्घटनाका घटनाहरू बढिरहेको भए तापनि मृत्यु र गम्भीर घाइतेको संख्या भने घट्दै गएको कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरि जनाएको छ।

पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार, २०७९/०८० मा ४५ वटा दुर्घटनामा ११ जनाको मृत्यु र २५ जना गम्भीर घाइते भएका थिए। २०८०/०८१ मा दुर्घटना संख्या बढेर ५६ पुगेको थियो भने मृतक संख्या १५ र गम्भीर घाइते २१ जना थिए। तर, आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटना संख्या १०० पुगे पनि मृतक संख्या घटेर ११ र गम्भीर घाइते ५ जनामा सीमित भएका छन्। सामान्य घाइते भने १९८ जना पुगेका छन्।

यस्तै कार्यालयले सवारी नियम उल्लङ्घन गर्नेहरूमाथि कारवाही गर्दै आर्थिक वर्ष २०८१/०८२ मा १२,९४९ वटा कारवाही गरी ९५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको ८२ लाख ९० हजार रुपैयाँभन्दा उल्लेख्य वृद्धि भएको जिल्ला ट्राफिक प्रमुख लिला नाथ न्यौपानेले जानकारी दिए ।

उता सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यसहित ट्राफिक प्रहरीले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रमहरूबाट समेत सकारात्मक परिणाम देखिएको छ। आ।ब। २०८०/०८१ मा २७ हजार ६७३ जना लाभान्वित भएका कार्यक्रमहरूमा २०८१/०८२ मा २७ हजार २५० जनाले सहभागी जनाएका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेका अनुसार, इलामलाई दुर्घटनामुक्त जिल्ला बनाउने दीर्घ लक्ष्यसहित विद्यालय, स्थानीय तह, यातायात व्यवसायी, चालक संघ, नागरिक समाज लगायत सबै सरोकारवालासँग सहकार्य गरी जानकारीमूलक अन्तरक्रिया र तालिमहरू सञ्चालन भइरहेको छ। ट्राफिक चिन्हको परिचय, लेन अनुशासन, सवारीसँग सम्बन्धित कानुनी कागजात र नियम पालना गर्न जोड दिइँदै आएको छ।

TOP