जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पत्रकार मनोज अधिकारी सहित १६ बिधामा १९ सम्मानित

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
पत्रकार मनोज अधिकारी सहित १६ बिधामा १९ सम्मानित

फिक्कल: सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/ ०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा नगर क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्था गरी १६ बिधामा सम्मान गरीएको छ ।नगर क्षेत्रमा रहि उत्कृष्ठ कार्य गर्ने ब्यक्ति तथा संस्थालाई बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा १६ बिद्यामा ब्यक्ति र संघ संस्था गरी १९ जनालाई सम्मानित तथा पुरस्कृत गरीएको हो ।
सम्मानित तथा पुरस्कृत हुनेमा पत्रकार मनोज अधिकारी सहित ब्यक्ति तथा संस्था छन । पत्रकार अधिकारी प्रेस चौतारी नेपाल, इलाम शाखाका अध्यक्ष, राष्ट्रिय समाचार समिति ९रासस०को इलाम सम्वाददाता , डिजिटल अनलाईन पत्रिका इलाम खबर डटकमका सम्पादक तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका इलाम तथा झापा श्रोत व्यक्ति हुनुहुन्छ ।
सम्मानित हुनेहरुमा सामाजिक क्षेत्रतर्फ डा. बिवेक कट्टेल, भाषा, कला साहित्य संगीत तर्फ भुपेन्द्र राई, कर्मचारी तर्फ योजना अधिकृत खेमराज राई , लेखा अधिकृच श्रृजना बिष्ठ, उत्कृठ महिला उध्मी तर्फ संगीता कामी , उत्कृष्ठ पुरुष उद्यमी तर्फ सरण थुलुङ, उत्कृष्ठ किसान तर्फ सीतादेवी अधिकारी , अम्बिटार टोल बिकास संस्था , बिद्यालय तर्फ सूनपा १ को सीमावतीृ महेन्दो्रदय आधारभूत बिद्यालय, गणित शिक्षक भुपेन्द्र अधिकारी , बिज्ञान शिक्षकतर्फ दिपेन्द्र आचार्य , बिद्यालय ब्यवस्थापन समिति तर्फ केराबारी आधारभुत बिद्यालय, बिद्यार्थी तर्फ नामसाम राई र आशिका राई रहेक छन । यस्तै खेलकुद क्षेत्रमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला रहेका छन । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउ गाउँमा लगेर चर्चा कमाएका बास्तोला खेल क्षेत्रमा कहलिएका छन । पर्यटन क्षेत्रमा होटल हिल टावर( अन्तु) न्यायिक समिति तर्फ लेखनाथ दाहाल , स्वास्थ्यमा बिना लाप्चा रहेका छन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बस्नेत , ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र नगर प्रमुख रण बहादुर राईले पुरस्कार र सम्मानपत्र बिवरण गर्नु भएको थियो ।

 

 

TOP