Hamropalika menu advertisement

सूर्योदयमा विद्यालयका शिक्षकलाई चेस प्रशिक्षण

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
सूर्योदयमा विद्यालयका शिक्षकलाई चेस प्रशिक्षण

फिक्कल: सूर्योदय नगरपालिकाले विद्यालयका शिक्षकलाई चेस प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीलाई चेसमा आकर्षित गर्न र विद्यार्थीलाई चेस सिकाउने उद्देश्यले नगरपालिकाले शिक्षकलाई चेसको प्रशिक्षण आयोजना गरेको हो ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपेन राईको उपस्थितिमा कोशी प्रदेश बुद्धिचाल संघका सचिव यासिर खम्बुले शिक्षकलाई प्रशिक्षण गराउनु भएको थियो ।चेसले विद्यार्थीलाई धैर्यता, रणनीति निर्माण लगायत सिकाउने भएकाले विद्यार्थीको मानसिक क्षमता विकासको लागि नगरपालिकाले चेसलाई विद्यालय स्तरमा लैजान चाहेको नगर खेलकुद विकास समितिका संयोजक सौरभ आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले अघिल्लो वर्ष समेत विद्यालयमा नै पुगेर विद्यार्थीलाई चेस प्रशिक्षण गराएको थियो । यस वर्ष भने नगरपालिकाले शिक्षकलाई प्रशिक्षण गराएर शिक्षक मार्फत विद्यार्थीलाई चेस सिकाउने उद्देश्य राखेको बताइएको छ ।आगामी आर्थिक बर्षमा नगरका बाल शिक्षकलाई सबै बिद्यालयमा पुगेर चेस प्रशिक्षण गराउने योजना रहेको संयोजक आचार्यले जानकारी दिनु भयो ।

TOP