Hamropalika menu advertisement

पशुपतिनगरको चारमाईलबाट ३२ लाख बढीको चाँदी र धातुका सामग्री सहित २ भारतीय पक्राउ

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
पशुपतिनगरको चारमाईलबाट ३२ लाख बढीको चाँदी र धातुका सामग्री सहित २ भारतीय पक्राउ

पशुपतिनगर: इलामको सूर्योदय नगरपालिका–२ चारमाइलबाट ३२ लाख बढीको चाँदी र धातुका सामग्री सहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले आइतबार राती ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी धातुका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर भएका ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारततर्फ उक्त सामग्री लिएर जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ हजार ४०० ग्राम चाँदी र ५ किलो धातुका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो ।परीक्षणका क्रममा ती गहनामा सुन चाँदीको जलप लगाएको पुष्टि भएको शसस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरेको सामग्री परीक्षण पछि पशुपतिनगर भन्सारमा बुझाइएको छ भने पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयमा राखीएको छ ।

TOP