जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सूर्योदयमा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

फिक्कल: राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (नेपाल मानव अधिकार एलायन्स) जिल्ला शाखा इलामले सूर्योदय नगरपालिकामा शरण फागोको नेतृत्वमा ११ सदस्सीय कमिटी गठन गरेको छ ।
नव गठित कमिटिको अध्यक्षमा फागो निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्षमा तुलसा खत्री , सचिवमा जीवन अधिकारी त्यस्तै सदस्यहरुमा अजित गुरुङ , प्रवीण बिसी, अरुण सुब्बा, प्रकाश खवास, अमृता राई , गायत्रा ओली र रवि गुरुङ चयन हुनु भएको छ ।
जिल्ला कमिटी इलाम शाखाले १० वटा पालिका मध्ये सूर्योदय नगरपालिलाई पहिलो पालिकाको रुपमा कमिटि गठन गरेको अध्यक्ष शारदा उप्रेतीले जान्कारी दिनुभयो । उहाँले विभिन्न संघ संस्थासँग आबद्ध रहेका व्यक्ति मात्र मानव अधिकार मञ्चमा हुन पाउने प्रवाधान रहेको बताउनुभयो । एलायन्स जिल्ला शाखा अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा एलायन्स केन्द्रीय सदस्य गायत्री थेगिम प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमा इलाम इन्चार्ज भक्त थामी ,पूर्व नगर उपप्रमुख दुर्गादेवी भट्टराई, निहारिका समाजका कार्यकारी निर्देशक रमेश राईको सहभागीता थियो ।नव गठित समितिलाई सहभागीले जनताको प्रत्यक्ष गुनासो सुन्ने र हक अधिकार संग जोडिएको संस्था भनेकै मानव अधिकार मञ्च रहेकाले काम गर्दा मार्यादित भई निपक्ष ढगंले गनुपर्ने सुझाका साथ शुभकामना दिनुभएको थियो ।
मानव अधिकार सम्बन्धी विशेष जानकारी दिँदै एलायन्सका जिल्ला इन्चार्ज भक्त थामीले मानव अधिकारका उदेश्य,काम कार्वाही गर्दाका मान मर्यदा नीति कानुन संगत ढंगले कसरी गर्ने भनि प्रस्ट पार्नुभएको थियो ।

 

TOP