Hamropalika menu advertisement

सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण

फिक्कल M सूर्योदय नगरपालिकाले नगर क्षेत्रका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण गरेको छ ।
नगरमा आयोजिक एक कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले करिब २० लाख मुल्य बराबरका सामग्री हस्तान्तरण गर्नु भएको हो । नगरका १७ बिद्यालयलाई कम्प्युटर, ल्यापटप स्मार्टबोर्ड, सीसीटीभि , युपीएस र प्रिन्टर हस्तान्तरण गरीएको शाखाका प्राविधिक सहायक नविन पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा सामाजिक बिकास समिति संयोजक डिक बम्जन समेत सहभागी हुनुहुन्थ्यो ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनीधि भट्टराईको अध्यक्षतामा सम्पन्न, आईसीटी सामग्री हस्तान्तरण, प्रधानाध्यापक बैठक तथा रियल प्लान कार्यक्रममा नगर प्रमुख राईले सामग्री लिएर गएर सदुपयोग गर्न आग्रह गर्नु भयो । उहाले सामग्री माग्ने अनि लगेर थन्क्याउने केहि बिद्यालय रहेको जानकारी दिदै पाएका सामग्रीको सहि सदुपयोग गर्न आग्रह गनुृ भयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिच शाखा प्रमुख भट्टराईले बिभिन्न बिषयमा छलफल गर्नु भएको थियो । पाठ्यपुस्तक बिशिस्ठीकरण तालिका निर्माण, कक्षा १० मा मासिक परीक्षा संचालन, त्रैमासिक परीक्षा, बिद्यालय सुधार योजना लगायतका बिषयमा छलफल भएको थियो ।

 

TOP