जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकामा संचालित  घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा

फिक्क्ल: इलाम नगरपालिकाले नगर क्षेत्रको विभिन्न वडामा एकिकृत घुम्ति शिविर संचालन गरेको छ । इलाम नगरपालिकाको वडा नम्बर ४ को मलाते, वडा नम्बर १० को गोदक र वडा नम्बर ११ को सोयाकमा तीन दिनसम्म घुम्ति शिविरको आयोजना भएको हो । एकीकृत घुम्ती शिविरबाट करिब ५ सय बढी नगरवासीले सेवा लिएका छन् । इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतित्यतामा सम्पन्न भएका शिविरहरूमा प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का नगर प्रवत्ता नुतनदेव दुलाल वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नम्बर ११ का वडाध्यक्ष काशी जबेगुको उपस्थिति रहेको थियो ।
शिविरमा मकैमा लाग्ने फौजी किराको जैविक विषादी १ सय ८० जना किसानलाई वितरण गरिएको छ। ३९ जना किसानहरूको खेतबारीको माटो परीक्षण गरिएको छ। ५ सय जना नगरवासीहरूको स्वास्थ्य परीक्षण गरिएको छ भने महिलाहरूको पाठेघरको मुखको क्यान्सरको ९२ जनाको परीक्षण गरिएको जानकारी गराइएको छ । ९२ जनाको परिक्षणमध्ये १६ जनाको क्यान्सर पोजेटिभ देखा परेको हो। गर्भवती महिलाको भिडियो एक्सरे सेवा १४ जनालाई प्रदान गरिएको छ। शिविरमा १ जना कृषकहरूको गाईवस्तुको गोबर परीक्षण गरिएको छ भने नौ वटा सामुदायिक कुकुरलाई रेबिजको खोप लगाइएको छ । शिविरमा २ सय ५० जना जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको छ। दुईवटा गोरुको वन्यकरण गरिएको छ २१४ जना किसानहरूलाई कृषि खेती बाली सम्बन्धी परामर्श दिइएको छ। ७७ वटा बालीको उपचार सेवा प्रदान गरिएको छ।
शिविरमा १ हजार १ सय २० वटा गाई गोरु भैँसी राँगा सुँगुर खसी कुखुरालाई जुका नाम्ले उपिया उडुस जुम्रा किरा लगायतको औषधिहरू वितरण गरिएको छ। वैदेशिक रोजगारमा जाने घरपरिवारका २ सय १५ जना परिवारलाई रोजगारी सम्बन्धी परामर्श दिइएको छ। शिविरमा ११ जना महिला तथा बालबालिका अपाङ्गता भएका व्यक्तिलाई परामर्श तथा रातो निलो र पहेँलो काड प्रदान गरिएको छ। त्यसैगरी नगरपालिकाले काँक्रा फर्सीमा लाग्ने रोगका लागि फेरोमिन ट्याप कृषि ज्ञान केन्द्रको सहयोगमा वितरण गरिएको छ ।

TOP