जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने

फिक्कल: इलामको फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाचिएपछि तत्काल निर्माण गरीने भएको छ । बिगतका बर्ष देखि जिर्ण रहेको पुल भाचीएर यातायात संचालनमा समस्या भएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको समन्वयमा पुलको निर्माण तत्काल गरीने भएको हो । केहि बर्ष अघिको बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरीएको थियो । उक्त अस्थाई संरचना समेत आज भाचीएपछि यातायत संचालनमा समस्या भएको छ ।
उक्त पुल मर्मत तथा निर्माणका लागि माईजोगमाई र सूर्योदयका इन्जििनियरले निरिक्षण गरी स्टोमेट तयार पारीसकेको माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । पुल निर्माणका लागि माईजोगमाई गाउँपालिकाले पाँच लाख र सूर्योदय नगरपालिकाले पाँच लाख रकम तत्काल काम गर्ने गरी छुट्याएका छन । सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले भाचीएको पुल निर्माणको काम दुई पालिकाको समन्वयमा आज भोलिबाटै शुरु गरीने जानकारी दिनु भयो । उहाले नगरले जिर्ण पुलबाट यातायतका साधन आउजाउ नर्गन नगरे यस अघि नै रोकेको समेत जानकारी दिनु भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अस्थाई संरचना दुई पालिकाको समन्वयमा तत्काल निर्माण गरेपनि दिर्घकालिन समस्या समाधानका लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
फिक्कल नयाँबजार सडक कोशी प्रदेश सरकारको लगानीमा ट्रयाक खोलिएको छ दशक पछि डेढ बर्ष अघि मात्र कालोपत्रे गरीएको थियो । उक्त क्षेत्रका कोशी प्रदेश सांषद खिनु लङवा लिम्बुले प्रदेश सरकारले मयुँ खोलामा पक्की पुल निर्माणका लागि बहुबर्षे योजनाबाट काम थाल्ने जानकारी दिनु भयो । बहुबर्से योजनाबाट पुल निर्माणका लागि अव एउटा निर्णय हुन वाँकी रहेको जानकारी दिनु भयो । यस अघि नै उक्त पुलको प्रदेश सरकारले लागत स्टोमेट गरीसकेको छ । उहाले भन्नु भयो ‘भौतिक मन्त्रालयबाट फाईल अगाडी बढेर , मुख्यमन्त्री कार्यालय हुदै, अर्थ मन्त्रालय पुगेको छ ,अर्थले स्रोत सुनिश्चित गरीसक्दा बोलपत्र आवहान भई पुल निर्माणको काम अगाडी बढ्छ ।’
पुल भाचीए पछि खोलाबाट यातायतका साधन आउजाउ गर्नु पर्ने भएको छ । पानी नपर्दा खोलाबाट सवारी आउजाउ भए पनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेकोछ। । उक्त सडक भएर माईजोगमाई गाउँपालिकाको नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई र सूर्योदय नगरपालिका १ गोर्खे सहित क्षेत्रमा दैनिक रुपमा सयौ सवारी साधन संचालन हुने गरेका छन । माईजोगमाई गाउँपालिका उपाध्यक्ष राईले केहि समयका लागि जोखीम रहेकाले खोलाको अवस्था बुझेर मात्र यातायत संचालन गर्न आग्रह गर्नु भयो ।
फिक्कल नयाँ बजार सडककै सूर्योदय नगरपालिका ९ ढोडेमा गत बर्षको बाढीले सडकमा पहिरो गएको छ । उक्त सडक मर्मत नगरीए यस पटकको बर्खामा उक्त सडक भएर सवारी संचालनमा समस्या हुने भएको छ । उक्त पहिरोले तानेको सडक बनाउन २० लाख बढी लाग्ने भए पनि प्रदेश सरकारले मर्मतका लागि पाँच लाख रुपियाँ मात्र बिनियोजन गरेपछि काम अगाडी बढ्न सकेको छैन ।

TOP