जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार

इलाम: सूर्योदय नगरपालिका–१ स्थित ऐतिहासिक गोर्खे बजार जिल्लाको पुरानो प्रमुख व्यापारिक केन्द्रको रूपमा चिनिन्छ । ०४६ सालको राजनीतिक परिवर्तनसँगै यहाँको व्यापारिक गतिविधि घटेको भएपनि पछिल्लोसमय विद्यार्थीहरुका लागि अवलोकन भ्रमणको प्रमुख गन्तब्य बनिरहेको छ ।

यतिबेला क्यानडाका १५ विद्यार्थीको टोली अवलोकन भ्रमणका लागि गोर्खे आईपुगेको छ । उनीहरूले यहाँस्थित पूर्वेली सामुदायिक होमस्टेमा बसेर तीन दिनसम्म अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष राजकुमार शेरेङले बताउनुभयो । ‘गोर्खे बजारको ऐतिहासिक महत्व, यहाँको जनजीवन र थुम्केको विशेषता अध्ययन गर्न उनिहरु आएका हुन् ।’ वडाध्यक्ष शेरेङले भन्नुभयो,‘ ‘यस भ्रमणले गोर्खे बजारको सांस्कृतिक र ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न मद्दत पुर्याउने अपेक्षा छ ।’

गोर्खे बजार राणाकाल अघिदेखि अस्तित्वमा रहेको पुरानो व्यापारिक केन्द्र भएकै कारण विश्वका विभिन्न मुलुकबाट अवलोकन भ्रमणमा पर्यटक आउने गरेको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । ‘पहिले गोर्खे जडीबुटी, नून, चामल लगायतका सामग्रीहरूको किनमेल र बिक्री हुने प्रमुख केन्द्र थियो । ०४६ सालको राजनीतिक परिवर्तनपछि यहाँको व्यापारिक गतिविधि घटेको भए पनि ऐतिहासिक महत्त्व कायम छ ।’ नगरप्रमुख राईले भन्नुभयो, ‘विदेशी विद्यार्थीहरुले गोर्खेलाई अध्ययन अवलोकन भ्रमणको गन्तब्य बनाउन थालेका छन् ।’

लेकाली क्षेत्र भएका कारण यस क्षेत्रको जैविक विविधता र प्राकृतिक सम्पदाले यसलाई जडिबुटीहरूको लागि पनि प्रसिद्ध बनाएको छ । यहाँ उच्च रक्तचापको उपचारमा उपयोग गरिने सर्पगन्धा, श्वासप्रश्वासका समस्यामा, ज्वरोमा, र रोग प्रतिकारक क्षमता बढाउन उपयोगी तुलसी, सर्पदन्ती, पिपल, बेल, अलैँची लगायतका जडिबुटी पाईने गरेको स्थानीय गोबिन्द सापकोटाले बताउनुभयो ।

यहाँका प्रमुख स्थलहरूमा सिंहदेवी मन्दिर, राम मन्दिर, नेवारी चैत्य र ढुंगे धारा रहेका छन्, जसले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्छ । गोर्खेस्थित थुम्के डाँडा पर्यटकीय क्षेत्रको रूपमा चिनिन्छ, जहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रको मनोरम प्राकृतिक दृश्य र दुर्लभ रेडपाण्डा अवलोकनका लागि विदेशी पर्यटकहरू आकर्षित हुँदै आएका छन् । यहाँ चित्रे गुम्बा, खोले बाबा कुटी र थामी जातिको धार्मिक स्थलहरू पनि अवलोकन गर्न सकिने हिमालय माद्यमिक विद्यालयका शिक्षक विशाल मास्केले बताउनुभयो ।

यहाँस्थित थुम्के इलाम जिल्लाको एक महत्वपूर्ण जैविक विविधता क्षेत्र हो, जहाँ लोपोन्मुख रेडपाण्डा पाइन्छ । यस क्षेत्रको उचाइ र वनस्पति संरचनाले रेडपाण्डा जस्ता संवेदनशील प्रजातिका लागि उपयुक्त आवास प्रदान गर्दछ । ‘रेडपाण्डा प्रायः २२०० देखि २७०० मिटर उचाइमा पाइन्छ, जहाँ घना ब्रोड–लिभ्ड वन र बांसको घना आवरण हुन्छ ।’ स्थानीय सन्देश खड्का भन्नुहुन्छ, ‘यसका मुख्य आहारमा बांसको पात र टहनीहरू हुन्् । यो प्रायः राति सक्रिय हुन्छ ।’

गोर्खे बजारको पूर्वाधार विकासमा सूर्योदय नगरपालिका सक्रिय रहेको छ । नगरपालिकाले यहाँको सडक सञ्जाल सुधार र होमस्टे व्यवस्थापनमा ध्यान दिइएको छ । स्थानीयवासीको मागअनुसार बजारको रौनक बढाउन विभिन्न कार्यक्रमहरूको आयोजना हुनेगरेको छ । ‘समग्रमा, गोर्खे बजारले ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र व्यापारिक दृष्टिले महत्वपूर्ण स्थान ओगटेको छ ।’ नगरउपप्रमुख दुर्गाकुमार बरालले भन्नुभयो, ‘यसको संरक्षण र प्रवद्र्धनले स्थानीय समुदायको आर्थिक र सांस्कृतिक समृद्धिमा योगदान पुर्याउनेछ ।’

क्यानेडाबाट आएका विद्यार्थीहरूले गोर्खे बजारका प्रमुख स्थलहरूमा भ्रमण गरेका छन्, जसमा शक्तिपीठ, सिंहदेवी मन्दिर, राम मन्दिर, नेवारी चैत्य, ढुंगे धारा र करिआप्पा स्थल समावेश छन् । यस भ्रमणमार्फत उनीहरूले यहाँको सांस्कृतिक र धार्मिक धरोहरहरूको अध्ययन गर्ने बताईएको छ । ‘क्यानडाका विद्यार्थीहरूको यस भ्रमणले स्थानीय समुदायसँग अन्तरसंवाद र सांस्कृतिक आदानप्रदानको अवसर सिर्जना गरेको छ ।’ वडासचिव गोविन्द चेम्जोङले भन्नुभयो, ‘यसले गोर्खे बजारको पर्यटन प्रवद्र्धनमा थप उत्साह र चासो ल्याउने विश्वास गरिएको छ ।’
यस भ्रमणको समापनपछि विद्यार्थीहरूले गोर्खे बजारको सांस्कृतिक र ऐतिहासिक महत्वको बारेमा आफ्नो अध्ययन र अनुभव साझा गर्ने कार्यक्रम आयोजना गर्ने योजना बनाइरहेको बताएका छन् । गोर्खे आउने पर्यटकलाई यहाँका स्थानीयले सास्कृतिक भेषभूषामा सजिएर स्वागत गर्ने गरेका छन् ।इलाम खबरबाट

TOP