Hamropalika menu advertisement

इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

फिक्कल: देउमाई नगरपालिका इलाम जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ ।नगरका सबै लक्षित बालबालिकाले अनिवार्य खोप सेवा प्राप्त गरेपछि नगरपालिकलाई पुर्णखोप सुनिस्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
देउमाई नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका नगर कार्यालयमा सम्पन्नसमारोह जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई र नगर प्रमुख सूर्य पोख्रेलले संयुक्त रुपमा नगरपालिकलाई पुर्णखोप सुनिस्चितता तथा दिगोपना पालिका घोषणा गर्नु भयो ।
नगर प्रमुख सूर्य प्रसाद पोख्रेलको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख अतिथ्यतामा कार्यक्रम गरी पालिकालाई पुर्णखोप सुनिस्चितता तथा दिगोपना पालिका गरिएको शान्तिडाँडा स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र ढुङ्गेलले जानकारी दिनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख पविमाया राई, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहाल, जिल्ला स्वास्थ्य कार्यालय प्रतिनिधि बिमल बराल, वडा अध्यक्ष, स्वास्थ्य कार्यालय इलामका प्रतिनिधि, स्थानीय स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीले खोप सुनिश्चिततालाई जनस्वास्थ्य सुरक्षाको मेरुदण्डको रूपमा व्याख्या गर्दै देउमाई नगरपालिकाले देखाएको नेतृत्व, समन्वय र प्रतिबद्धताको उच्च प्रशंसा गरेका थिए। कार्यक्रम मार्फत नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी रूपमा बालबालिकाको स्वास्थ्य सुरक्षामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ। नगरपालिका बासीलाई स्वस्थ्य राख्न सदैव तत्पर रहन स्वास्थ्यकर्मीलाई परिचाल गरिरहेको जनाइएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद भट्टराईले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्नु भएको थियो ।

 

TOP