जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङ मा बेसार खेतीको मोह बढ्दै

  • प्रकाशित मितिः September 21, 2026
  • हाम्रो पालिका
रोङ मा बेसार खेतीको मोह बढ्दै

फिक्कल: अन्य खेती बालिमा जंगली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ ।तीन बर्ष अघि मात्रै रोङ ३ मा रहेको इको चिया सहकारी संस्थाले आफ्ना सदस्यका लागि शुरुवात गरेको बेसार खेतीको उत्पादन आठ गुणाले बृद्धि भएर ब्राण्डिङ भई बजारमा आए पछि उक्त खेतीमा किसान उत्साहित भएका हुन ।
२०७९ सालमा ईको चिया सहकारी सस्थाले कपुरकोट १ जातको बेसारको बिउ प्रति किलोग्राम ८० रुपियाँका दरले आठ सय ४० किलोग्राम खरिदगरि २५ प्रतिसत अनुदानमा रोङ ३ र ४ को खमारे, मार्से, याङ्ग्रे,कोल्बुङ, पहरी गाउँ भालुझोडा लगायतका टोलमा बितरण गरेको थियो ।उक्त बिउबाट गत बर्ष तीन हजार पाच सय ८२ किलोग्राम बेसार उत्पादन भई सहकारीले प्रतिकिलो चालीस रुपियाँमा खरिद गरेको ईको चिया सहकारी सस्थाका ब्यवस्थापक गणेश अर्यालले बताउनु भयो ।
यस बर्ष उत्पादनमा बृद्दि भई पाच हजार आठसय ४७ किलोग्राम सकलन भई सकेकोमा अहिले किसान सग रहेको सात सय किलोग्राम बेसार सकलन हुन लागेको सस्थाका ब्यवस्थापक अर्यालले जानकारी दिनु भयो ।
जंगली जनावरले नास नगर्ने साथै उत्पादित बेसार सहकारीले सबै किनिदिने भएपछि त्यस क्षेत्रका किसानमा उत्साह जागेको पाइएको छ ।उत्पादित बेसारलाई रोङ गाउँपालिकाको सहयोगमा प्रसोधन ,प्याकेजिङ र ब्राणडिङ गरी ‘रोङ बेसार’ नाममा बजारमा आईसकेको छ ।गतबर्ष उत्पादित बेसार सबै प्रसोधन गरी बजारमा आएको छ । यस बर्ष पनि सबै बेसारको प्रसोधन गरी बजारमा ल्याउने तयारी भैरहेको गाउँपालिकाले जनाएको छ ।
हरेकाको भान्छामा दैनिक प्रयोगमा अनिवार्य हुने ,थोरै लगाए पुग्ने दावी गरीएको रोङ बेसार रोङ गाउँपालिका कृषि बिकास शाखाको निगरानीमा शुद्धता कायम गर्ने गरिएको छ । काचो बेसारलाई धोएर बोक्रा तासेर धुलो बनाएको हो । रोङ बेसारमा बेसारको बोक्रा हुदैन । बजारमा आएको एक सय ७५ ग्रामको बट्टाको मूल्य एक सय ५० रुपियाँ मा बिक्री भईरहेको छ ।
कुनै रोग र जंगली जनावरको भय नरहने ,मनग्गे उत्पादन भई सहकारीले नै खरिद गरिदिने भएपछि बेसार खेतीमा कृषकको उत्साह बढेको रोङ ४ मानावुङ्गका किसान बेस कुमारी राईले बताउनु भयो ।उहाले परीक्षणको लागि अलग्गै रोपेको एक किलो बेसारले चौध किलो उत्पादन दिएको छ । उहाले यस बर्ष चार सय पचपन्न किलो बेसार बिक्री गर्नु भयो ।
हरेक बर्ष उत्पादको वृद्धिदर बढिरहदा बजारीकरणमा आउन सक्ने समस्याको लागि रोङ गाउँपालिकाले शुरुकै बर्षदेखि सहकारीलाइ अनुदान दिदै दिर्घकालिन रुपमा बजार बिस्तार गर्न लागिपरेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो । गुणस्तरीय वस्तु उत्पादन गर्न सके बजारको समस्या नहुने तर बाह्य बजारको लागि उत्पादनको परिमाण कम हुने हुदा रोङका अन्य स्थानमा समेत बेसार खेती गरेर उत्पादन बढाउन लाग्गु पर्ने अध्यक्ष स्याङ्वोको भनाई छ ।गाउँपालिकाले पछिल्लो समय रोङ गुन्द्रुक, मह, सिस्नो, चिया, मह , कुचो आदिको बा्रण्डिङ गरी बजारीकरण गर्दै आएको छ ।

TOP