इलाम : यही बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० वितरण इलामको मङ्गलबारेबाटै हुने भएको छ । देउमाई नगरपालिकाको विशेष पहलमा बैसाखदेखि इलामका प्रशासन कार्यालय मङ्गलबारेमार्फत विवरण सङ्कलन र परिचयपत्र वितरण गरिने नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।
‘यहाँका जनताले सरमुकामसम्म जानुपर्दा धेरै कष्ट भोग्नुपरिरहेको छ,’ नगरप्रमुख पोख्रेलले भने, ‘हाम्रो निरन्तरको प्रयासले बैसाखदेखि मङ्गलबारेबाटै सेवा प्रवाह हुने निश्चित भएको छ, त्यसका लागि तयारी भइरहेको छ ।’अहिले यस क्षेत्रका सेवाग्राहीहरु राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० लिन इलाम सदरमुकाम धाइरहेका छन् ।