जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाममा आज सबैभन्दा बढी वर्षा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाममा आज सबैभन्दा बढी वर्षा

काठमाडौ: बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । बिहीबार जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ ।

विभागका अनुसार बुधबार बिहान ८ः४५ देखि आज बिहान ८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरूमा मापन गरिएको थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ ।

“उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्याङ्ग केन्द्रमा १००।२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू ९सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी वर्षा भएको छ”, विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको छ ।

विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मोसमविद् हरिप्रसाद दाहालले हाल लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका अधिकांश स्थान र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिनुभयो । “हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । आगामी शनिबारसम्म नै मौसम बदलीको सम्भावना छ”, उहाँले भन्नुभयो ।

वर्षासँगै वायु प्रदूषण पनि कम भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’कोे तथ्याङ्कअनुसार बुधबार मध्याह्नमा उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेकामा आज भने प्रदूषण घटेर १५४ एक्युआइमा झरेको छ । गोरखापत्र अनलाईन

TOP