अर्थ वाणिज्य २० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी अर्थ वाणिज्य इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै पालिका विशेष बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका जीवनशैली सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा अर्थ वाणिज्य जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति जीवनशैली केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त प्रदेश केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त जीवनशैली सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा खेलकुद कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि अर्थ वाणिज्य ६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा
Hamropalika menu advertisement

सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा

  • प्रकाशित मितिः March 21, 2025
  • हाम्रो पालिका
सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा

रोङ: निर्माणाधिन सिद्धि खोला जलविद्युत आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् ।रोङ गाउँपालिका वडा न.ं ६ र सूर्याेदय नगरपालिका वडा नं. ५ को सिमाना भएर बग्ने सिद्धि खोलामा निर्माणाधिन १० मेघावाट क्षमताको विद्युत योजनाको पाईप लाइन बिस्तारको क्रममा रोङ ६ का आधा दर्जन घर जोखिममा परेका हुन ।
आयोजनाका कारण स्थानीय बिक्रम राई ,गणेश राई, मैत सिङ राईको घर पहिरोको जोखिममा परेका छन । आयोजना निर्माणका कारण यी घर भन्दा तलका घरहरु पहिरोले पुरिन सक्ने भएपछि भन्दै स्थानीयवासी त्रसित बनेको स्थानीय गोविन्द्र पा्रडेलले जानकारी दिनु भयो । आयोजना निर्माणका कारण घर जोखीममा पर्नु भएका स्थानीय बिक्रम राईले आयोजना निर्माणका कारण घर जोखिममा पर्दा आफुहरुको बिचल्ली भएको बताउनु भयो । उहाले घर माथीबाट पहिरो खसी रहेका कारण जतिबेला पनि घर बगाउन सक्ने जानकारी दिनु भयो ।
स्थानीयले आाफ्ना घर जोखिममा रहेको र आाफुहरु सुकुम्वासी हुने सभावना रहेको भन्दै रोङ गाउँपालिकामा मौखिक उजुरी गरेपछि गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो उपाध्यक्ष विष्णुमाया खवास, वडा नं. ६ का वडाध्यक्ष सत्यम राई स्थानीय सरोकारवला सहितले गत पुस २५ गते छलफल गरी निर्माणाधिन ओयोजनाको स्थलगत अनुगमन समेत गरिएको थियो । स्थलगत अनुगमन पछि समस्या समाधानका लागि पटक पटक हाइड्रो कम्पनी सग छलफल भईरहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।
सिद्धि हाइड्रो कम्पनीका सरोज पौडेलले केहि घर समस्यामा परेको भएपनि तत्काल उक्त स्थानमा प्रोटेक्सनको काम गरिने जानकारी दिनु भयो । उहाले पहिरो जादा हाइड्रो पावरलाई ठुलो आर्थिक क्षती हुने हुदा हाइड्रो पावर सगै स्थानीयको घरको सुरक्षाका उपाय कम्पनीले अपनाएर निर्माण गरिरहेको पौडेलको भनाई छ । पौडेलले भन्नु भयो‘जति सक्दो छिटो काम सकेर जोखिम कम गर्ने काम भैरहेको छ, बर्खा लाग्नु अगाडी उहाहरुको ब्यवस्थापन हामी गर्छौ ।’
लामो समयदेखी चर्चामा रहेको निर्माणाधिन सिद्धी हाइड्रो पावरको हालसम्म ७० प्रतिसत काम पुरा भईसकेको छ भने आगामी बैशाख सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ ।
इलामको सूर्याेदय नगरपालिका र रोङ गाउँपालिका बिचवाट बग्ने खोलामा बिद्युत बिकास बोर्डले २०६९ पुस २४ मा उर्जा मन्त्रालय मार्फत वातावरणीय अवस्था परीक्षण प्रतिवेदन स्वीकृत गरी स्वीकृति दिएको थियो । ३५ बर्ष बहाल रहने गरी अनुमती जारी गरेपछि सिद्धी हाइड्रो कम्पनीले २०८१ कात्तिक २६ गते थप अध्ययनको लागि बिद्युत बिकास बिभागबाट सहमति प्राप्त गरेको थियो । आयोजनाको निर्माणाधिन हेडबक्स रोङ ६ र सूर्योदय ५ को गोरख खोलाको १ हजार पाँचसय मिटर माथी रहेर बिद्युत गृह १ किलो मिमिटर तल निर्माण गरीएको छ ।
१ अर्व ८४ करोड ६४ लाखको लागतमा निर्माण सम्पन्न गरी त्यसवाट उत्पादित बिद्धुत १६ किलोमिटर टाढा झापा इलामको सीमाना सुनमाइमा सवस्टेसन निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने योजना रहेको सिद्धि हाइड्रो पावर कम्पनीका सचालक सन्तोषराज नेपालले जानकारी दिनु भयो ।

TOP