प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा

रोङ: निर्माणाधिन सिद्धि खोला जलविद्युत आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् ।रोङ गाउँपालिका वडा न.ं ६ र सूर्याेदय नगरपालिका वडा नं. ५ को सिमाना भएर बग्ने सिद्धि खोलामा निर्माणाधिन १० मेघावाट क्षमताको विद्युत योजनाको पाईप लाइन बिस्तारको क्रममा रोङ ६ का आधा दर्जन घर जोखिममा परेका हुन ।
आयोजनाका कारण स्थानीय बिक्रम राई ,गणेश राई, मैत सिङ राईको घर पहिरोको जोखिममा परेका छन । आयोजना निर्माणका कारण यी घर भन्दा तलका घरहरु पहिरोले पुरिन सक्ने भएपछि भन्दै स्थानीयवासी त्रसित बनेको स्थानीय गोविन्द्र पा्रडेलले जानकारी दिनु भयो । आयोजना निर्माणका कारण घर जोखीममा पर्नु भएका स्थानीय बिक्रम राईले आयोजना निर्माणका कारण घर जोखिममा पर्दा आफुहरुको बिचल्ली भएको बताउनु भयो । उहाले घर माथीबाट पहिरो खसी रहेका कारण जतिबेला पनि घर बगाउन सक्ने जानकारी दिनु भयो ।
स्थानीयले आाफ्ना घर जोखिममा रहेको र आाफुहरु सुकुम्वासी हुने सभावना रहेको भन्दै रोङ गाउँपालिकामा मौखिक उजुरी गरेपछि गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो उपाध्यक्ष विष्णुमाया खवास, वडा नं. ६ का वडाध्यक्ष सत्यम राई स्थानीय सरोकारवला सहितले गत पुस २५ गते छलफल गरी निर्माणाधिन ओयोजनाको स्थलगत अनुगमन समेत गरिएको थियो । स्थलगत अनुगमन पछि समस्या समाधानका लागि पटक पटक हाइड्रो कम्पनी सग छलफल भईरहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।
सिद्धि हाइड्रो कम्पनीका सरोज पौडेलले केहि घर समस्यामा परेको भएपनि तत्काल उक्त स्थानमा प्रोटेक्सनको काम गरिने जानकारी दिनु भयो । उहाले पहिरो जादा हाइड्रो पावरलाई ठुलो आर्थिक क्षती हुने हुदा हाइड्रो पावर सगै स्थानीयको घरको सुरक्षाका उपाय कम्पनीले अपनाएर निर्माण गरिरहेको पौडेलको भनाई छ । पौडेलले भन्नु भयो‘जति सक्दो छिटो काम सकेर जोखिम कम गर्ने काम भैरहेको छ, बर्खा लाग्नु अगाडी उहाहरुको ब्यवस्थापन हामी गर्छौ ।’
लामो समयदेखी चर्चामा रहेको निर्माणाधिन सिद्धी हाइड्रो पावरको हालसम्म ७० प्रतिसत काम पुरा भईसकेको छ भने आगामी बैशाख सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ ।
इलामको सूर्याेदय नगरपालिका र रोङ गाउँपालिका बिचवाट बग्ने खोलामा बिद्युत बिकास बोर्डले २०६९ पुस २४ मा उर्जा मन्त्रालय मार्फत वातावरणीय अवस्था परीक्षण प्रतिवेदन स्वीकृत गरी स्वीकृति दिएको थियो । ३५ बर्ष बहाल रहने गरी अनुमती जारी गरेपछि सिद्धी हाइड्रो कम्पनीले २०८१ कात्तिक २६ गते थप अध्ययनको लागि बिद्युत बिकास बिभागबाट सहमति प्राप्त गरेको थियो । आयोजनाको निर्माणाधिन हेडबक्स रोङ ६ र सूर्योदय ५ को गोरख खोलाको १ हजार पाँचसय मिटर माथी रहेर बिद्युत गृह १ किलो मिमिटर तल निर्माण गरीएको छ ।
१ अर्व ८४ करोड ६४ लाखको लागतमा निर्माण सम्पन्न गरी त्यसवाट उत्पादित बिद्धुत १६ किलोमिटर टाढा झापा इलामको सीमाना सुनमाइमा सवस्टेसन निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने योजना रहेको सिद्धि हाइड्रो पावर कम्पनीका सचालक सन्तोषराज नेपालले जानकारी दिनु भयो ।

TOP