प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

करफोक ‘कन्दराको निम्तो सांसदलाई’

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
करफोक ‘कन्दराको निम्तो सांसदलाई’

फिक्कल: ‘फागुन १६, करफोकमा कन्दरा’ यतिबेला यो स्लोगनले सामाजिक संजाल भरीएको छ । फागुन १६ गते इलामको सूर्योदय नगरपालिका १२ को करफोकमा नेपालकै चर्चीत कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती रहने भएपछि प्रचार प्रसारका क्रममा ‘फागुन १६, करफोकमा कन्दरा’ छाएको हो । आयोजक सहित इलामबासीले कन्दराको कार्यक्रमको ब्यापक प्रचार गरीरहेको अवस्था छ ।
यसै क्रममा आयोजक सूर्योदय होटल ब्यवसायी संघ सहितका संघ संस्थाले इलाम क्षेत्र नं. १ का संघीय सांसद महेश बस्नेतलाई कार्यक्रमको डायरी हस्तान्तरण गर्दै निमन्त्रणा गरीएको छ । सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधान, इलाम एम टि बि राइर्डसका अध्यक्ष सरण फागो सहितको टिमले सांसद बस्नेतलाई भेटी कार्यक्रममा निमन्त्रणा गरेको हो । उनीहरुले संगीतको माध्यमबाट पर्यटन प्रवर्धन गर्न आयोजना गरीएको कार्यक्रमलाई सहयोग गर्न समेत आग्रह गरेका छन । इलाम एम.टि.बि. राइर्डसका अध्यक्ष फागोले संगीतले कसैलाई नछेक्ने भएकाले सांसद , जनप्रतिनिधि सबैलाई निम्तो गरीएको जानकारी दिनु भयो । सांसद बस्नेत समेत आफैमा गीतकार हुनुहुन्छ । उहाले कन्दराको कार्यक्रमले इलामको पर्यटन क्षेत्रमा उर्जा मिल्ने बताउनु भयो ।
सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्धनका लागि कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती करफोकमा राखीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ कन्दरा सांगितिक कार्यक्रम लिएर बिश्व भ्रमण गरीरहेको छ, यो ब्याण्डले हाम्रो नगरको प्रचार प्रसारमा सहयोग पुग्छ भन्ने हो ।’ कार्यक्रममा इलाम , झापा, पाँचथर , ताप्लेजुङ र छिमेकी भारतबाट ठूलो संख्यामा संगीत प्रेमी आउने अपेक्षा गरीएको आयोजकले जनाएको छ ।
आयोजकले इलाम सहित झापा, पाँचथर , ताप्लेजुङ र छिमेकी भारतमा समेत कार्यक्रमको प्रचारप्रसार गरीरहेको छ ।

TOP