अर्थ वाणिज्य २० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी अर्थ वाणिज्य इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै पालिका विशेष बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका जीवनशैली सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा अर्थ वाणिज्य जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति जीवनशैली केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त प्रदेश केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त जीवनशैली सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा खेलकुद कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि अर्थ वाणिज्य ६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा
Hamropalika menu advertisement

माई हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

  • प्रकाशित मितिः March 21, 2025
  • हाम्रो पालिका
माई हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

फिक्कल
इलामको माई नगरपालिकामा सम्पन्न हने इलाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । माईको शितली खेलमैदानमा फागुन ४ देखि ६ गते सम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक जिल्ला खेलकुद बिकास समिति र ब्यवस्थापक माइ नगरपालिकाले जानकारी दिएको हो ।
जिल्ला खेलकुद बिकास समिति र ब्यवस्थापक माइ नगरपालिकाले कार्यक्रम सम्पन्न गर्नका लागि बिभिन्न समिति तथा उप समिति बनाएर जिम्मेवारी दिइएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी बिद्यार्थी, रेफ्री अफिसियल तथा आयोजकका लागि बसोबास र खाना खाजाको ब्यवस्था प्याकेजमा गरीएको माई नगरपालिकाका नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनु भयो । प्रतियोगितामा १० पालिकाका ८९५ बिद्यार्थी , १० जनाका दरले १० पालिकाका १०० जना प्रशिक्षक, रेफ्री , अफिसियल गरी १५०० बढीको सहभागीता रहने छ । प्रमुख लिम्बुले प्रतियोगिताका लागि सबै तयारी पुरा भएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ग्रामिण खेलकुदको बिकास गर्नका लागि खेलकुद बिकास समितिले थालेको अभियानलाई साथ दिएका हौ।’ उहाले माई नगरपालिकाका बिभिन्न पर्यटकीय स्थलको प्रचार प्रसारमा महत्वपूर्ण सहयोग पुग्ने समेत जानकारी दिनु भयो । उहाले राष्ट्रपति रनिङ शिल्ड संघीय सरकारको परिकल्पना भए पनि स्थानीय सरकारले डोर्होरयाउनु परेको बताउनु भयो । नगरले १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न समितिलाई १३ लाख रुपैया दिएको छ ।
जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले प्रतियोगितालाई ब्यवस्थित गर्नका लागि लागि परेको जानकारी दिनु भयो । उहाले समिति र पालिका लाग्दा मात्रै प्रतियोगिता सम्पन्न गर्न सकिने बताउनु भयो । आयोजना स्थलमा सचिवालय स्थापना गरीएको छ । खेलमैदानको तयारी समेत पुरा भैसकेको छ ।

जुर्मुराउदै ग्रामिण खेलकुद

बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलाम जिल्लाका ग्रामिण क्षेत्रमा आयोजना गर्न थालिएपछि बिद्यालय स्तरीय (ग्रामिण) खेलकुद जुर्मुराउन थालेको छ । जिल्ला खेलकुद बिकास समितिले जिल्ला सदरमुकाममा हुदै आएको प्रतियोगिता ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले ग्रामिण क्षेत्रमा आयोजना गर्न थालेपछि बिद्यालय स्तरीय खेलकुद प्रतिस्पर्धाको रुपमा जुर्मुराएको हो ।
बिगत तीन बर्ष देखि इलाममा राष्ट्रपति रनिङ शिल्ड ग्रामिण भेगमा गर्न थालिएको छ । शुरुमा फाकफोकथुमा गाउँपालिकामा र गत बर्ष माङसेबुङ गाउँपालिकामा आयोजना गरीएको प्रतियोगिता तेस्रो बर्ष आइपुग्दा यस पटक माइ नगरपालिकामा आयोजना गरीने भएको जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । प्रतियोगिता संचालनका लागि समिति र माइ नगरपालिका बिच सम्झौता समेत भैसकेको छ ।
पालिका स्तरका ग्रामिण भेगमा प्रतियोगिता आयोजना हुन थालेपछि पालिकाले राष्ट्रपति रनिङ शिल्डका लागि बजेटको ब्यवस्था गर्न थालेका छन । अध्यक्ष बास्तोलाले भन्नु भयो‘सदरमुकाम केन्द्रित हुदा यो प्रतियोगिता औपचारीक्तामा समिति थियो, ग्रामिण भेगमा प्रतियोगिता हुन थालेपछि प्रतिस्पर्धाको रुपमा हुन थालेको छ ।’
माईमा आयोजना फागुन ४ देखि ६ गते सम्म संचालन गरीने १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि अहिले माइ नगरपालिकाको दानाबारीमा खेलमैदान निर्माण गर्ने काम भैरहेको माइका नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनु भयो । खेलकुद बिकास समितिले उक्त स्थानमा आवश्यक ब्यवस्थापन गरीरहेको छ । एक हजार दुई सय बढी माध्यमिक स्तरीय खेलाडी बिद्यार्थी र दुई सय बढी अफिसियल रेफ्री सहभागी हुने प्रतियोगिता सम्पन्न गर्नका लागि पालिकाले बिभिन्न समिति निर्माण गरी काम गरीरहेको नगर प्रमुख लिम्बुले जानकारी दिनु भयो ।
नगरले अघिल्लो बर्ष माईमा प्रतियोतिा संचालन गर्नका लागि झण्ड बुझेको थियो । पालिका पालिकामा प्रतियोगिता संचालन गर्न थालिए पछि पालिकाले पालिका स्तरीय र जिल्ला स्तरीय प्रतियोतिा संचालनका लागि ३० लाख हाराहारी बजेटको ब्यवस्थापन गरेको जनाएको छ । प्रतियोगिता आयोजना गर्दा २५ लाख रुपियाँ बढी खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ। “टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ,” अध्यक्ष बास्तोलाले भन्नु भयो ।
पालिका स्तरीय प्रतियोगिता गर्दा अहिले इलामका पालिकाले पाँच देखि १० लाख सम्म खर्च गर्न थालेका छन । “राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन्, यो राम्रो हो” माईका नगर प्रमुख लिम्बुले भन्नु भयो । पालिकाले अहिले प्रतियोगिता संगै ग्रामिण क्षेत्रमा खेलमैदानको समेत ब्यवस्था गर्न थालेका छन ।
राष्ट्रपति रनिङ शिल्डका लागि सूर्योदय नगरपालिकाले पालिका स्तरीय, क्लोज क्याम्प र जिल्ला स्तरीय गरी आठ लाख बढी खर्च लाग्ने जनाएको छ । सूर्योदय नगरपालिकाका खेल प्रशिक्षक प्रदिप नारायण प्रधानले प्रतियोगिता पालिका स्तरीय प्रतिष्पर्धा भएकाले छनौट भएका बिद्यार्थीलाई अहिले प्रशिक्षण दिने काम भैरहेको बताउनु भयो । नगरले २०८३ साललाई खेलकुद बर्षका रुपमा मनाउने घोषणा गरीसकेको छ । सबै पालिकाले राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय छनौटका लागि अहिले पालिका स्तरमा छनौट भएका सहभागी बिद्यार्थीलाई प्रशिक्षण दिइ रहेका छन ।
प्रतियोगितामा ६ बिधा अन्र्तगत भलिवल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनु भयो । पालिकाबाट छनौट भई जिल्ला र जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन्। रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन्। जुन पालिकामा प्रतियोगिता सम्पन्न हुन्छ उक्त पालिका आयोजक पालिकाको रुपमा रहने गरेको छ । अन्य पालिकाले समेत जिल्ला खेलकुद बिकास समितिलाई प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्दै आएका छन ।

 

TOP