जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ

इलाम :  इलामको सुन्तलेमा एक ब्यक्तिको घरमै हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षे धनराज राईको घरमै हत्या भएको हो । प्रहरीका अनुसार उनको शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायत फेला परेको जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले कर्तव्य गरी मारेको अवस्थामा शव भेटिएको बताए ।

घटनापछि खोजतलास गर्दा प्रहरीले मृतककै छोरा–बुहारीसहित छ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मृतककै छोरा २९ वर्षे एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ राई समेत छन् । उनीहरूसहित छिमेकीहरू २४ वर्षे नवीनकुमार राई, २६ वर्षे निसान राई, २० वर्षे राजीव राई र २३ वर्षे दिवस राईलाई पक्रेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

TOP