पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

गाउँबस्ती उज्यालो बनाउदै सूर्योदयका मेयर राई

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
गाउँबस्ती  उज्यालो बनाउदै  सूर्योदयका मेयर राई



फिक्कल : बिद्युत प्रसारण लाईनले नछोएको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्य बत्ती जडान गरिएको छ ।
११ घरपरिवार झलमल्ल बिजुली बले पछि स्थानीयमा खुःसी छाएको छ ।
भैगोलिक बिकटताका कारण बिद्युतीकरणमा समस्या हुँदै आएको बडा नम्बर १३ को खानेभन्ज्याङ गेवाटारमा सूर्योदय नगरपालिकाले ११ घर परिवारका लागि सौर्य बत्ती जडान गरिदिएको हो ।
टुकीको घरमा रात कटाउदै आएका गेवाटारमा नगरपालिकाले सोलार जडान गरी बत्ती बल्न थालेपछि स्थानीय समेत खुःसी भएका छन् । सोमबार सूर्योदयन गरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त क्षेत्रमा पुगेर सौर्य बत्तीको उद्घाटन गर्नु भयो । ११ द्दरमा २० वटा सोलार , ब्याट्री र चिम जडान गरी बत्ती बाल्न थालिएको छ । सोलार बत्तीको उद्घाटन पछि एबीसी नेपाली संग कुरा गर्दै नगर प्रमुख राईले सूर्योदयबासीको उज्यालो सफना साकार पार्न आफुहरु प्रयत्नसील रहेको बताउनु भयो । उहाले भन्नु भर्यो नगरका कुनाकन्दरा उज्यालो पार्ने हाम्रो लक्ष्य हो, हामी त्यो हाम्रै कार्यकालमा पुरा गर्छौ ।’
विद्युतीकरण गर्न निकै अप्ठारो र टाडा भएका कारण उक्त क्षेत्रमा सोमबार बेलुकीसम्म धिप्री ( टुकी ) बाल्ने गरेका थिए। तर, सोमबार साझबाट उक्त क्षेत्रका झुपडी संगै स्थानीयको मन पनि उज्यालो भएको छ ।
उक्त क्षेत्रका स्थानीयले बिद्यालयमा अध्ययन गर्ने साना नानीहरू धिप्रीका भरमा अध्ययन गर्दा रातमा तीनपटक सम्म मट्टीतेल थपेर बस्नु पर्ने बाध्यताबाट मुक्त भएको बताएका छन । स्थानीयले भर्ने रातभरी धिप्री बलेपछि नाकैभरी कालै मट्टीतेलको थेक्रा बस्ने गरेको थियो, अव ढुक्क भयो ।’


झण्डै खानेभन्जाडदेखि १ घण्टा हिडेर पुगिने उक्त ठाँउका स्थानीय डोको लिएर सोलार ब्याट्री र प्यानल लिन गाडी पुग्ने ठाँउसम्म आएका थिए।दशैं नजीक आईरहेको समय पारेर यसरी बत्ती जडान भएपछि केहिको हर्षले आँखा नै रसाएका थिए । साथै केहि घरपरिवारलाई नगरपालिकाले सुरक्षीत आवास निर्माण गरिदिने समेत नगर प्रमुख राईले जानकारी दिनु भयो ।



TOP