पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

गाउँबस्ती उज्यालो बनाउदै सूर्योदयका मेयर राई

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
गाउँबस्ती  उज्यालो बनाउदै  सूर्योदयका मेयर राई



फिक्कल : बिद्युत प्रसारण लाईनले नछोएको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्य बत्ती जडान गरिएको छ ।
११ घरपरिवार झलमल्ल बिजुली बले पछि स्थानीयमा खुःसी छाएको छ ।
भैगोलिक बिकटताका कारण बिद्युतीकरणमा समस्या हुँदै आएको बडा नम्बर १३ को खानेभन्ज्याङ गेवाटारमा सूर्योदय नगरपालिकाले ११ घर परिवारका लागि सौर्य बत्ती जडान गरिदिएको हो ।
टुकीको घरमा रात कटाउदै आएका गेवाटारमा नगरपालिकाले सोलार जडान गरी बत्ती बल्न थालेपछि स्थानीय समेत खुःसी भएका छन् । सोमबार सूर्योदयन गरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त क्षेत्रमा पुगेर सौर्य बत्तीको उद्घाटन गर्नु भयो । ११ द्दरमा २० वटा सोलार , ब्याट्री र चिम जडान गरी बत्ती बाल्न थालिएको छ । सोलार बत्तीको उद्घाटन पछि एबीसी नेपाली संग कुरा गर्दै नगर प्रमुख राईले सूर्योदयबासीको उज्यालो सफना साकार पार्न आफुहरु प्रयत्नसील रहेको बताउनु भयो । उहाले भन्नु भर्यो नगरका कुनाकन्दरा उज्यालो पार्ने हाम्रो लक्ष्य हो, हामी त्यो हाम्रै कार्यकालमा पुरा गर्छौ ।’
विद्युतीकरण गर्न निकै अप्ठारो र टाडा भएका कारण उक्त क्षेत्रमा सोमबार बेलुकीसम्म धिप्री ( टुकी ) बाल्ने गरेका थिए। तर, सोमबार साझबाट उक्त क्षेत्रका झुपडी संगै स्थानीयको मन पनि उज्यालो भएको छ ।
उक्त क्षेत्रका स्थानीयले बिद्यालयमा अध्ययन गर्ने साना नानीहरू धिप्रीका भरमा अध्ययन गर्दा रातमा तीनपटक सम्म मट्टीतेल थपेर बस्नु पर्ने बाध्यताबाट मुक्त भएको बताएका छन । स्थानीयले भर्ने रातभरी धिप्री बलेपछि नाकैभरी कालै मट्टीतेलको थेक्रा बस्ने गरेको थियो, अव ढुक्क भयो ।’


झण्डै खानेभन्जाडदेखि १ घण्टा हिडेर पुगिने उक्त ठाँउका स्थानीय डोको लिएर सोलार ब्याट्री र प्यानल लिन गाडी पुग्ने ठाँउसम्म आएका थिए।दशैं नजीक आईरहेको समय पारेर यसरी बत्ती जडान भएपछि केहिको हर्षले आँखा नै रसाएका थिए । साथै केहि घरपरिवारलाई नगरपालिकाले सुरक्षीत आवास निर्माण गरिदिने समेत नगर प्रमुख राईले जानकारी दिनु भयो ।



TOP