जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको माई नगरपालिकामा तिब्र तयारी

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको माई नगरपालिकामा तिब्र तयारी

फिक्कल: इलाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको माई नगरपालिकामा तिब्र तयारी थालिएको छ। आगामी फागुन पहिलो साता सम्पन्न हुने १५ औं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्नका लागि माई नगरपालिकाको दानाबारीमा तयारी थालिएको हो ।
इलामका १० वटा पालिकाका  माध्यमिक  बिद्यालयका एक हजार दुई सय बढी खेलाडी सहभागी हुने प्रतियोगिता सम्पन्न गर्नका लागि जिल्ला खेलकुद बिकास समिति र स्थानीय आयोजक माई नगरले खेल मैदान सहित आवासको तयारी थालेको जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनु भयो । प्रतियोगितामा एक हजार दुई सय बढी खेलाडी र दुई सय बढी अफिसियल (रेफ्री) गरी एक हजार ४०० बढीको सहभागीता रहने छ ।
प्रतियोगितामा ६ वटा बिधा लागि भलिवल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने छन् । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा सहभागी खेलाडी र अफिसियल राख्नका लागि आयोजक पालिका माईले नगर अस्पताल सहित स्थानीय होटलमा ब्यवस्थापनको काम गरीरहेको माईका नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनु भयो ।
माई नगरपालिकाको कार्यपालिका बैठकमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले प्रतियोगिता संचालन बारे जानकारी गराउनु भएको थियो । प्रतियोगिता नगरपालिका संगै रहेको खेल मैदानमा संचालन गरीने छ । जसका लागि खेल मैदान बिस्तार सहितको ब्यवस्थापनको काम नगरले थालेको छ ।
प्रतियोगिता संचालनको तयारीका लागि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष बास्तोलाको अध्यक्षतामा बसेको बैठकले माईका नगर प्रमुख लिम्बुको संयोजकत्वमा स्थानीय ब्यवस्थापन तथा निर्देशन समिति गठन गरेको छ । प्रमुख लिम्बुको संयोजक्त्वमा गठित समितिले बिभिन्न उप समिति निर्माण गर्ने जनाएको छ । बैठकमा नगर प्रमुख लिम्बुले प्रतियोगिता ब्यवस्थित रुपमा संचालन गर्नका लागि नगरले कुनै कुरामा कमी हुन नदिने जानकारी दिनु भयो । बैठकमा खेल मैदान, आवास , प्रतियोगिताको ब्यवस्थापन, शान्ति सुरक्षा लगायतका बिषयमा छलफल भएको छ ।
बिगत तीन बर्ष देखि जिल्ला खेलकुद बिकास समितिले जिल्ला सदरमुकाममा केन्द्रित प्रतियोगिताराई बिद्यालय स्तरी ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले स्थानीय पालिकामा पालैपालो गर्न थालेको थियो । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकाम ासम्पन्न भैसकेको प्रतियोगिता यस पटक माई नगरपालिकाको दानाबारीमा सम्पन्न गरीने भएको छ । अध्यक्ष बास्तोलाले प्रतियोगिता सम्पन्न गर्न आयोजक पालिका सहित अन्य पालिका संग आवश्यक बजेटका लागि समन्वय भैरहेको जानकारी दिनु भयो । केहि दिन अघि इलाममा समितिले जिल्ला समन्वय समिति सहित पालिका प्रमुख , शिक्षा शाखा, सुरक्षा निकाय संग प्रतियोगिता संचालन बारे छलफल गरेको थियो । ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले स्थानीय पालिकामा प्रतियोगिता संचालन गर्न थाले पछि इलामका १० वटै पालिकाले राष्ट्रपति रनिङ शिल्डलाई बजेट नै बिनियोजन गरेर पालिका स्तरमा छनौट प्रतियोगिता गर्दै आएका छन ।

TOP