जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र

इलाम :  इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिका स्थापना भएको छ । नेपाल नगरपालिका संघले कोशी प्रदेशका इलाम ,झापा ,पाचथर, ताप्लेजुङग र तेह्रथुमका १६ वटा नगरपालिकाको प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिकामा स्थापना गरिएको हो । इलाम नगरपालिकामा एक कार्यक्रमका बिच नेपाल नगरपालिका संघ का अध्यक्ष एवम निलकण्ठ नगरपालिका प्रमुख भिम ढुङगानाले स्थापना गरे ।
अध्ययन केन्द्रको स्थापनाले नगरपालिकाको सस्थागत क्षमता वृद्धि गर्न, पालिकाहरुका अनुभवहरु आदान प्रदान गर्न, अन्तर पालिका समन्वय गर्न ,नगरपालिकाको कार्य सम्पादनमा वद्धि गर्न, जन प्रतिनिधि तथा कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धि गर्न पालिकाका प्राथमिकता स्थानीयत्व गर्न सहयोग गर्न पुग्नेछ।
इलाम नगरपालिका प्रमुख केदार थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका कोशी प्रदेश संयोजक एंवम् वेलबारी नगर प्रमुख दिलिप राई ,संविधान विज्ञ पुर्व सचिव काशीराज दाहाल, संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, इलाम नगरापलिका उप प्रमुख बिष्णु दाहाल, प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्का, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

TOP