Hamropalika menu advertisement

सूर्योदयमा बिज्ञान शिक्षक समाजद्धारा बिषयगत शिक्षकलाई तालिम

  • प्रकाशित मितिः July 27, 2026
  • हाम्रो पालिका
सूर्योदयमा बिज्ञान शिक्षक समाजद्धारा बिषयगत शिक्षकलाई तालिम

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा कार्यरत बिषयगत शिक्षकलाई तालिम दिइएको छ । बिज्ञान शिक्षक समाज नेपाल सूर्योदयको आयोजना, सूर्योदय नगरपालिकाको संयोजन तथा निमा प्रकाशनको प्राविधिक सहयोगमा ३५बढी बिषयगत शिक्षकलाई तालिम दिइएको हो ।
समाजका सूर्योदय अध्यक्ष सफल राईको अध्यक्षता तथा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति शुदर्शन खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा निमा प्रकाशनका शैक्षिक निर्देशक मोहन प्रसाद घिमिरे, अग्रेजी बिषय बिज्ञ हिरालाल सुवेदी, बिज्ञान बिषय बिज्ञ जयानन्द कापडी, सामाजि बिषय बिज्ञ मान बहादुर सुनुवार लगायतले तालिम दिनु भएको थियो । शिक्षक दिपेश पाण्डेले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा निमा प्रकाशनका शैक्षिक निर्देक घिमिरेले शिक्षक उत्कृष्ठ भए मात्र बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनु भयो । उहाले निमा प्रकाशनले प्रकाशन सामग्री सगै शैक्षिक सामग्रीका रुपमा थ्रीडी भिडियो समेत निर्माण गरेर प्रयोग गरीरहेको जानकारी दिनुभयो । निर्देशक घिमिरेले सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै नगर संग सहकार्यमा काम गर्न निमा प्रकाशन तयार रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि खतिवडाले नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा बिभिन्न कार्यक्रम नगरले गर्दै आएको जानकारी दिर्दै बिज्ञान समाजले संचालन गरेको तालिम कार्यक्रमले नगरको शैक्षिक गुणस्तर सुधारमा थप सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीलाई समाजले प्रमाणपत्र समेत वितरण गरीएको थियो । समाजका अध्यक्ष सफल राईले समाजले सूर्योदयमा शिक्षकको क्षमता बिकासका बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो।

TOP