प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

स्वर्गीय दिपाङकरको सम्झनामा कन्याममा प्रतिमा अनावरण

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
स्वर्गीय दिपाङकरको सम्झनामा कन्याममा प्रतिमा अनावरण

फिक्कल:
इलामको सूर्योदय नगरपलिका ७ कन्याममा संचालित स्काइ वाकमा सूर्योदय नगरपलिका वडा नम्बर ७ निवासी दिपाङकर चाम्लिङ राईको प्रतिमा अनावरण गरिएको छ ।सूर्योदय नगरपलिकाका नगर प्रमुख रणबहादुर राईले कन्याम क्लाउड प्रा.लि.ले निर्माण गरेको प्रतिमाको अनावरण गर्नु भएको हो । स्काइ वाकमै काम गर्ने कर्मचारी दिपाङकर चाम्लिङ राईको सडक दुर्घटनामा परी गत भाद्र २० गते ज्यान गएको थियो ।
प्रतिमा अनावरण गर्दै नगर प्रमुख राईले यो भवितव्य कसैले टार्न नसक्ने र हार्न पनि नसकिने भएकाले परिवारमा पुगेको क्षति कम गर्न नसके पनि दुख कम गर्न सक्ने प्रेरण कम्पनीको यस कामले मिलेको बताउनु भयो । उहाँले दिपाङकर प्रति श्रद्धाभव समेत व्यक्त गर्नुभयो ।
वान्डर्श नेपाल प्रा. लि. कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक आकर्षण पोख्रेलले छोटो समयमा कम्पनीमा गरेको कामको प्रभावले गर्दा उनको प्रतिमा निर्माण गरिएको बताउनु भयो । यस्तै उहाँका पिता सूर्योदय नगरपलिका वडा नम्बर ७ का वडा अध्यक्ष लोक बहादुर चाम्लिङ राईले छोराको जन्मदिन माघ ११ गते भएकाले उक्त अवसमा प्रतिमाको अनावरण गरिदिएकोमा कम्पनी प्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मानिसले जिवनमा इमान्दार सालिन र कर्तव्यनिष्ठ भएर बाँच्न सकेमात्रै परिवार समाज देशको बन्न सकिने पाठ सिकेको बताउनु भयो । उहाँले भौतिक सरिरले यति ज्ञान राख्न सके मात्रै सबैमा शान्ति प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिमा अनावरणमा सूर्योदय नगरपलिकाका उप प्रमुख दुर्गा कुमार बराल, वडाअध्क्ष सराजकुमार सेरेङ ,डिक बम्जन , पेमा उगेन लामा ,उर्गेन बम्जन, शिवकुमार बस्नेत, देबेन्द्र आचर्य, बलबहादुर समाल कार्यपलिका सदस्य सोनाम लामा साथै दिपाङकरकी आमा सुजता चाम्लिङ र परिवाका सदस्य सहित आफन्तको बाक्लो उपस्थिति रहेको थियो ।

TOP