जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने

फिक्कल: पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने भएको छ । नगरका ४५ वटा बिद्यालय १४ स्वास्थ्य संस्थामा अभियानकै रुपमा खोप लगाईने आज अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिइएको हो ।
नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै नगरका बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षा सम्मका किसोरी र बिद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका किसोरीलाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । उहाका अनुसार नगरका एक हजार आठ सय २८ जनालाई खोप लगाईने छ । उक्त खोप आगामी बर्ष पनि कक्षा ६ देखिका बिद्यार्थीलाई निरन्तर लगाइने छ भने बिद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष सम्मका अन्य किसोरीलाई पनि खोप लगाईने छ ।
‘सेकोलिन’ नामक उक्त भ्याक्सिन सिंगल डोजमा लगाईने शाखाले जनाएको छ । माघ २७ देखि फागुन २ गते सम्म नगरमा अभियान संचालन गर्नका लागि यस अघि नै उक्त खोप सम्बन्धि तालिमा स्वास्थ्यकर्मीलाई दिई सकिएको छ । शाखाले प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरी अभियान संचालन गर्ने जनाएको छ । शाखा प्रमुख अधिकारीले पहिलो चरणमा एचपिभी खोप लगाउने, दोस्रो चरणमा स्क्रृनिङ गर्ने र तेस्रो चरणमा उपचार गर्ने गरी तीन चरणमा पाठेघरको मुखको क्यान्सको उपचार गर्न सकिने जानकारी दिनु भयो । सरकारले यो खोपलाई शतप्रतिशत प्रभावकारी भनेको छ । यो खोप लगाउदा अन्य कुनै प्रकारका असर नपर्ने समेत जनाइएको छ ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृत राई, वडा नं. १० का अध्यक्ष पेमाउगेन लामा, वडा नं. १ का वडाध्यक्ष राजकुमार लिम्बु सहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र संचारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख अधिकारीले खोपबारे प्रस्तुतीकरण गर्नु भएको थियो । नगर प्रमुख राईले किसोरीका लागि महत्वपूर्ण खोप भएकाले सबैलाई अभियानमा सहभागी गराउन आग्रह गर्नु भयो ।
सरकारले माघ २२ गतेबाट देश भर यो अभियान संचालन गर्ने भएको छ । इलामका १० वटै पालिकामा यो खोप अभियान संचालन हुने छ । नेपालमा बर्षेनी पाठेघरको मुखको क्यान्सर दुई हजार बढीमा लाग्ने र एक हजार तीन सयको मृत्यु हुने गरेको तथ्याङ्क छ । प्रत्येक दिन नेपालमा चार जना महिलाको मृत्यु यो रोगबाट हुने गरेको छ ।

 

TOP