पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने

फिक्कल: पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने भएको छ । नगरका ४५ वटा बिद्यालय १४ स्वास्थ्य संस्थामा अभियानकै रुपमा खोप लगाईने आज अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिइएको हो ।
नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै नगरका बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षा सम्मका किसोरी र बिद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका किसोरीलाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । उहाका अनुसार नगरका एक हजार आठ सय २८ जनालाई खोप लगाईने छ । उक्त खोप आगामी बर्ष पनि कक्षा ६ देखिका बिद्यार्थीलाई निरन्तर लगाइने छ भने बिद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष सम्मका अन्य किसोरीलाई पनि खोप लगाईने छ ।
‘सेकोलिन’ नामक उक्त भ्याक्सिन सिंगल डोजमा लगाईने शाखाले जनाएको छ । माघ २७ देखि फागुन २ गते सम्म नगरमा अभियान संचालन गर्नका लागि यस अघि नै उक्त खोप सम्बन्धि तालिमा स्वास्थ्यकर्मीलाई दिई सकिएको छ । शाखाले प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरी अभियान संचालन गर्ने जनाएको छ । शाखा प्रमुख अधिकारीले पहिलो चरणमा एचपिभी खोप लगाउने, दोस्रो चरणमा स्क्रृनिङ गर्ने र तेस्रो चरणमा उपचार गर्ने गरी तीन चरणमा पाठेघरको मुखको क्यान्सको उपचार गर्न सकिने जानकारी दिनु भयो । सरकारले यो खोपलाई शतप्रतिशत प्रभावकारी भनेको छ । यो खोप लगाउदा अन्य कुनै प्रकारका असर नपर्ने समेत जनाइएको छ ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृत राई, वडा नं. १० का अध्यक्ष पेमाउगेन लामा, वडा नं. १ का वडाध्यक्ष राजकुमार लिम्बु सहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र संचारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख अधिकारीले खोपबारे प्रस्तुतीकरण गर्नु भएको थियो । नगर प्रमुख राईले किसोरीका लागि महत्वपूर्ण खोप भएकाले सबैलाई अभियानमा सहभागी गराउन आग्रह गर्नु भयो ।
सरकारले माघ २२ गतेबाट देश भर यो अभियान संचालन गर्ने भएको छ । इलामका १० वटै पालिकामा यो खोप अभियान संचालन हुने छ । नेपालमा बर्षेनी पाठेघरको मुखको क्यान्सर दुई हजार बढीमा लाग्ने र एक हजार तीन सयको मृत्यु हुने गरेको तथ्याङ्क छ । प्रत्येक दिन नेपालमा चार जना महिलाको मृत्यु यो रोगबाट हुने गरेको छ ।

 

TOP