जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी

प्रेम अधिकारी

पशुपतिनगर(इलाम) माघ १ गते

इलामको माईबेनीमा बर्षेनी लाग्ने मकर सघ्रान्ती मेलाको अवसरमा प्रतियोगितात्मक कृषि प्रदर्शनी सम्पन्न भएको छ । माइजोगमाई गाउँपालिका कृषि बिकास शाखाको आयोजनामा कृषि बालीलाई प्रवर्धन र बजारीकरण गर्नका लागि आयोजना गरीएको प्रतियोगितात्मक कृषि प्रदर्शनी सम्पन्न भएको हो ।
प्रतियोगितामा इलाम जिल्ला भरका ७२ जना किसानले ६ वटा बिदामा उत्पादित कृषि सामग्री प्रतियोगितामा राख्नु भएको माइजोगमाई गाउँपालिका कृषि बिकास शाखा प्रमुख उषा प्रधानले जानकारी दिनु भयो । प्रदर्शनीमा फलफुल, तरकारी, रैथाने वाली, नगदे वाली, खाद्यान्न वाली र कन्दमुल राखीएको थियो ।
प्रदर्शनीको बिभिन्न क्षेत्रबाट आएका पर्यटकले अवलोकन गरेका थिए । गाउँपालिकाले प्रदर्शनीको छनौट गर्नका लागि गाउँपालिकाका आर्थिक बिकास समिति संयोजक डम्बर सुवेदीको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले अध्ययन गरी प्रदर्शनीमा उत्कृष्ठ बस्तु ल्याउने किसानको छनौट गरेको थियो । प्रतियोगितामा माइजोगमाई ४ का नेत्र बिष्ट पहिलो, माईजोगमाई ४ कै भक्त देवान दोस्रो, माईजोगमाई ५ का गोविन्द संजेल तेस्रो र इलाम नगरपालिकाका योगेश आचार्यले सान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नु भयो ।
प्रतियोगितामा पहिलो , दोस्रो , तेस्रो र सान्तवना हुनेलाई बिभिन्न कृषि औजार पुरस्कार स्वरुप वितरण गरीएको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उहाले कृषि क्षेत्रलाई प्रवर्धन गरी बजारीकरण गर्दै किसानलाई हौसला प्रदान गर्नका लागि प्रदर्शनीको आयोजना गरीएको जानकारी दिनु भयो । उपाध्यक्ष राईले भन्नु भयो‘किसानले उत्पादन गरेका बस्तुले बजार नपाई राखेको अवस्थामा यो प्रदर्शनीले बजारीकरणमा सहयोग पुग्ने अपेक्षा राखेका छौ ।’
प्रदर्शनीमा सिमल तरुल, बन्तरुल, फर्सी , मुला, सुन्तला नरिवल, मुला , साग, मेवा टमाटर लगायतका सामग्री राखीएको थियो । गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले पालिकाले आयोजना गरेको प्रदर्शनीले कृषि पेशा गर्ने किसानलाई पेशा प्रति सम्मान गरेको बताउनु भयो । उहाले कृषि क्षेत्रमा उत्पादित बस्तुको बजारीकरणका लागि यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनु भयो ।
माइजोगमाई गाउँपालिका भित्रमा ब्यवसायीक कृषि पेशमा लागेका पाँच हजार बढी कृषक रहेका छन । गाउँपालिकाको तल्लो क्षेत्रमा मनग्ये धान उत्पादन हुने गरेको छ भने माथिल्लो क्षेत्र जौवारीमा कृषि ज्ञान केन्द्र मार्फत ठूलो परमाणमा आलु उत्पादन हुने गरेको छ । माइबेनी मेलामा समेत कन्दमुल, सुन्तला , उखु जस्ता कृषिजन्य बस्तुको ब्यपार फस्टाएको छ । मेलामा नेपाल तथा भारतका भक्तजन र पर्यटकको भिड लागेको छ ।

TOP