खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत
Spread the love

प्रेम अधिकारी,इलाम:

इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको औपचारिक उद्घाटन पूर्णे डाँडामा उद्घाटन गरीए पछि पुगेको पदयात्रीलाई माइजोगमाई गाउँपालिकाको नाम्सालिङमा भब्य स्वागत गरीएको छ । भारतको नागरी गडीबाट पहिलो पटक तत्कालिन नेपाली सेनाले निशान ल्याएर राखेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा निशान पदमार्गको औपचारीक उद्घाटन पछि दोस्रो पटक निशान राखीएको नाम्सालिङको हात्तीटारमा पदयात्रीलाई माइजोगमाई गाउँपालिकाले भब्य स्वागत गरेको हो ।
हात्तीटारमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बिभिन्न जातजातीको झाकी प्रदर्शन गरीएको थियो । पदयात्रीलाई पंञ्चे बाजा सहितको टिमले स्वागत गरेको थियो । गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा सूर्योदयका नगर प्रमुख रणबहादुर राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष प्रविना राईले निशान पदमार्ग तीनवटा पालिकालाई पर्यटनमा जोड्ने पदमार्गका रुपमा रहेको जानकारी दिनु भयो । उहाले उक्त पदमार्गलाई थप ब्यवस्थित गर्न सबै क्षेत्र लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि सूर्योदयका नगर प्रमुख राईले निशान पदमार्गलाई सथनीय पाठ्यक्रममा समाबेस गरेर नयाँ पुस्तालाई बुझाउन सकिने बताउनु भयो । उहाले पदमार्गको शुरु मात्र भएकाले यस्को बिकास र बिस्तारमा योजनाबद्ध तरिकाले लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा माईजोगमाईका अध्यक्ष थेवेले निशान पदमार्गको थप बिकास गर्न सके तीनवटा पालिका पर्यटन सर्किटका रुपमा बिकास हुने बताउनु भयो । उक्त अवसरमा माईजोगमाईले इलाम नगरपालिकालाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, उप प्रमुख बिष्णु दाहाल लिम्बु, स्थानीय गञ्जु प्रधान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । आज हात्तीटारबाट माईबेनी हुदै इलाम नगरपालिका ७ माईस्थान पुगेर कार्यक्रम समापन हुने छ ।
पदयात्रामा नेपाली सेना, जनपथ प्रहरी जनप्रतिनिध, पर्यटन ब्यवसायी र स्थानीयको सहभागीता रहेको छ ।
नेपाल–भारत सीमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्ग निर्माण गरीएको छ । इलामको गडिथुम्कामा रहेको रणसार्दुल गणको पहलमा सूर्योदय नगरपालिका , माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाले पदमार्ग निर्माण गरेका थिए ।
नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धि पश्चात् तत्कालिन नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएपछि उद्घाटन गरीएको हो ।तत्कालीन नेपाल–अङ्ग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भयो । त्यसपछि मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गडी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।

TOP