जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

झापाका धुलौटे सडक कालोपत्रे हुँदै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
झापाका धुलौटे सडक कालोपत्रे हुँदै


फिक्कल: झापा गाउँपालिकामा एक पछि अर्काे गर्दै धुलौटे सडक कालोपत्रे हुँदै गएका छन् । गाउँपालिकाले सडक कालोपत्रे गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि धुलौटे सडक कालोपत्रे हुँदै गएका हुन् । प्रत्येक वडामा एउटा सडक अनिवार्य कालोपत्रे गर्ने अभियान अन्तगत झापा गाउपालिका वडा नम्बर ६ शरणामती बजारसंग जोडिएको अमरपथ मार्गलाई मदारगाछीस्थित दयालधामको लक्ष्मी मार्ग संग जोड्ने बाटोको कालोपत्र निर्माण कार्य सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष जयनारायण शाहका अनुसार झापा गाउँपालिका वडा नम्बर ६ शरणामती र वडा नम्बर ७ मदारगाछीका स्थानीय जनताहरुले धेरै पहिलादेखि दैनिक रुपमा गरिने आवत जावतमा स(साना खोलाहरुका कारणले र बाटोको अव्यवस्थित ब्यव्स्थापनका कारणले निक्कै समस्याहरु झेल्दै आएकाले सडक कालोपत्रे गरिएको बताएका छन् ।

सडक कालोपत्रे भएसंगै स्वास्थ्य, शिक्षा र दैनिक रुपमा आईपर्ने काम ईत्यादिमा अनेकौं समस्याहरु झेल्दै आएका स्थानियलाई राहत हुने अध्यक्ष शाहको भनाई छ ।

२ करोड २२ लाख को लागतमा बनिएको उक्त २ हजार ९ सय ९४ मिटर लम्वाइको रहेको छ ।

TOP