जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण

फिक्कल: इलामको माई नगरपालिकाका एक सय ६० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । अपाङ्गता भएका ब्यक्ति र विपन्न ,असाहाय परिवारलाई जाडोका बितरण गरीएको हो ।
प्रवासी नेपाली र नेपाल भित्रका सहयोगीको सहयोगमा न्यानो कपडा जुटाएर वितरण गरीएको छ । माई नगरपालिका स्थायी घर भई हाल साउदी अरबमा रोजगारीमा रहनु भएका समाजसेवी नरकुमार मगर र माई–४ निवासी रञ्जित काफ्लेको समन्वयमा संकलित तीन लाख चार हजार दुई सय रुपियाँ मुल्यका एक सय ६० थान व्ल्यङ्केट खरिद गरी वडा तथा टोलमै पुगेर न्यानो कपडा बितरण गरिएको स्थानीय बिमल दाहालले जानकारी दिनु भयो ।
प्रवासमा रहनु भएका मगरले त्यहाँ स्थित नेपालीको सहयोगमा रकम संकलन गर्नु भएको थियो भने नेपाल भित्र काफ्लेले रकम संकलन गर्नु भएको थियो। न्यानो कपडा बितरण अभियानमा ६४ जना आर्थिक सहयोग गरेको र वडा अध्यक्ष सहित १७ जनाले वितरण कार्य, सहजीकरण तथा समन्वय गर्नु भएको छ । माई नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी कपडा बितरण गरीएको अभियानमा सहभागी रञ्जित काफ्ले जानकारी दिनु भयो ।

TOP