जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदयमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
सूर्योदयमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो

फिक्क्ल: इलामको सूर्योदयमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाईएको छ । सूर्योदय नगरपालिका श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्रको आयोजनामा भएको कार्यक्रम बिभिन्न कार्यक्रम गरी मनाइएको हो ।

दिवसको अवसरमा नगरबाट शुरु भएको ¥यालीले फिक्कल बजार परिक्रमा गरी गुम्बा पार्कमा सभामा परिणत भएको थियो । श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्रका सूर्योदयका अध्यक्ष कृष्णराम अधिकारीको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा आप्रवासी कामदार तथा उनीहरुका परिवारका सदस्यले बिभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख राईले बिदेश गएका कामदारको अधिकार र सेवा सुविधा सुनिश्चित हुनु पर्ने बताउनु भयो । उहाले बिदेशी कामदार सोषण मुक्त , ब्यवस्थित र सुरक्षित बन्नु पर्ने अधिकार संविधानमै उल्लेख भएको बताउदै यस्ता अधिकार शुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो । उहाले नगरले युवालाई स्थानीय स्तरमै रोजगार मुलक बनाउन बिभिन्न कार्यक्रम संचालन गरीरहेकोे जानकारी दिनु भयो ।
कार्यक्रममा नगरका उप प्रमुख दुर्गा कुमार बरालले नेपाली श्रमीक बिदेश जानै पर्ने भए सीप सिकेर दक्ष भएर मात्र जानु पर्ने बताउनु भयो । कार्यक्रममा श्रम तथा रोजगार प्रवर्धन शाखा प्रमुख बिष्णु रिजाल, श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्र इलामका अध्यक्ष नविन सुन्दर शेर्मा लगायतले आफनो बिचार राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी लगायत सरोकारवालको सहभागीता रहेको थियो । शाखाले सूर्योदयमा रेमी र सामी परियोजनाको सहयोगमा आप्रसान कामदारको हक हितका क्षेत्रमा काम गर्दै आएको छ ।
नगरमा सामी र रेमीको सहयोगमा श्रम सहजीकरणका काम समेत गरीदै आएको छ । नगरमा श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्रमा ५१ जना आजिवन सदस्य र ४६१ जना साधारण सदस्य रहेका छन। परियोजनाले बैदेशिक रोजगारीबाट फर्कीएकालाई ब्यवसायीक बनाउन बिभिन्न तालिम संचालन गर्दै आएको छ । दिवसको अवसरमा आप्रवासी कामदारका समस्या लगायतका बिषयमा समेत खुल्ला छलफल भएको थियो ।

TOP