पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्योदयमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
सूर्योदयमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो

फिक्क्ल: इलामको सूर्योदयमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाईएको छ । सूर्योदय नगरपालिका श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्रको आयोजनामा भएको कार्यक्रम बिभिन्न कार्यक्रम गरी मनाइएको हो ।

दिवसको अवसरमा नगरबाट शुरु भएको ¥यालीले फिक्कल बजार परिक्रमा गरी गुम्बा पार्कमा सभामा परिणत भएको थियो । श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्रका सूर्योदयका अध्यक्ष कृष्णराम अधिकारीको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा आप्रवासी कामदार तथा उनीहरुका परिवारका सदस्यले बिभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख राईले बिदेश गएका कामदारको अधिकार र सेवा सुविधा सुनिश्चित हुनु पर्ने बताउनु भयो । उहाले बिदेशी कामदार सोषण मुक्त , ब्यवस्थित र सुरक्षित बन्नु पर्ने अधिकार संविधानमै उल्लेख भएको बताउदै यस्ता अधिकार शुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो । उहाले नगरले युवालाई स्थानीय स्तरमै रोजगार मुलक बनाउन बिभिन्न कार्यक्रम संचालन गरीरहेकोे जानकारी दिनु भयो ।
कार्यक्रममा नगरका उप प्रमुख दुर्गा कुमार बरालले नेपाली श्रमीक बिदेश जानै पर्ने भए सीप सिकेर दक्ष भएर मात्र जानु पर्ने बताउनु भयो । कार्यक्रममा श्रम तथा रोजगार प्रवर्धन शाखा प्रमुख बिष्णु रिजाल, श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्र इलामका अध्यक्ष नविन सुन्दर शेर्मा लगायतले आफनो बिचार राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी लगायत सरोकारवालको सहभागीता रहेको थियो । शाखाले सूर्योदयमा रेमी र सामी परियोजनाको सहयोगमा आप्रसान कामदारको हक हितका क्षेत्रमा काम गर्दै आएको छ ।
नगरमा सामी र रेमीको सहयोगमा श्रम सहजीकरणका काम समेत गरीदै आएको छ । नगरमा श्रम तथा रोजगार प्रवर्धन सरोकार केन्द्रमा ५१ जना आजिवन सदस्य र ४६१ जना साधारण सदस्य रहेका छन। परियोजनाले बैदेशिक रोजगारीबाट फर्कीएकालाई ब्यवसायीक बनाउन बिभिन्न तालिम संचालन गर्दै आएको छ । दिवसको अवसरमा आप्रवासी कामदारका समस्या लगायतका बिषयमा समेत खुल्ला छलफल भएको थियो ।

TOP