जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङमा तिते करेलाको ब्राण्डिङ गरी बजारीकरण शुरु

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
रोङमा तिते करेलाको ब्राण्डिङ गरी बजारीकरण शुरु

फिक्कल : गुन्द्रुक,सिस्नो,बेसार,मह, चिया , कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको इलामको रोङ गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको छ ।किसानले उत्पादन गरेको बस्तुलाई ब्यवस्थित रुपमा ब्राण्डिङ गरी बजारमा लगेर उचित मुल्यमा बिक्री गर्नका लागि गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको हो ।
गाउँपालिकाले करेलाको ब्राण्डिङ (सुकुटी निर्माण) गरी बजारमा ल्याएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । बेमौसममा पनि उपभोक्ताको आवश्यक्क्तालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग , ब्राण्डिङ्ग गरी बजारमा ल्याएको अध्यक्ष स्याङ्बोले जानकारी दिनु भयो ।गाउँपालिकाले यो बर्ष २०० किलोग्राम सुख्खा करेला तयार गरी बजारमा ल्याइएको छ ।‘करेलाको अध्ययन , अनुसन्धान गर्दा अत्यान्तै सफल भएको छ, अर्को बजार ठूलो मात्रामा उत्पादन बृद्धि भएर जाने छ’अध्यक्ष स्याङ्बोले भन्नु भयो ।
बजार मूल्य कम हुदा एक सिजनमा ५० हजार किलोग्राम काचो करेला प्रशोधन गर्न सक्ने उद्योग गाउँपालिकाले निर्माण गरीरहेको छ । अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्वोले बताउनु भयो ।रोङ तिते करेलालाई गुन्द्रुक संग मोलेर अचारको रुपमा खाना पनि सकिन्छ । प्याकेजिङ भएको तिते करेलालाई तातोपानीले ५÷१० मिनट भिजाएर पुरानै स्वरुप तथा स्वादमा लगेर विभिन्न तरिकाले पकाएर खाना सकिनेछ ।
रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रसोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आउनु भएका का रोङ ३ प्युरेका लल्मी लाप्चाले बताउनु भयो । गाउँपालिकाले यस अघि नै रोङ गुन्द्रुक,सिस्नो,बेसार,मह, चिया , कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको छ र रोङको गुन्द्रुक र मह अहिले माग बढी भए पछि उपभोक्ताको आवश्यक्ता पुरा गर्न कठिन छ । गुन्द्रुक र मह उत्पादन कम भएर माग बढी भए पछि बजारमा अभाव भएको पाइन्छ ।

TOP