जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पूर्णे डाँडामा झ्याम्टे मेलाको रौनक

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
पूर्णे डाँडामा  झ्याम्टे मेलाको रौनक

 

फिक्कल: इलामको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला भब्य रुपमा लागेको छ । प्रत्येक बर्ष मंसिरे पूर्णिमा र बैशाखे पूर्णिमाका दिन लाग्दै आएको मेला भब्य रुपमा लागेको हो ।
राई संस्किृतिसँग जोडिएको झयाम्टे मेला पूर्णे डाँडामा खलंगा स्थापना भएर वडाहाकिम आए पछि उहाको मनोरञ्जनका लागि लग्न थालेको थियो । वडाहाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातीको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टा सहित सहभागी हुने राईहरूको नृत्य धेरैले मन पराए पछि झयाम्टे मेला लाग्न शुरु भएको स्थानीय झप अधिकारीले जानकारी दिनु भयो । उहाका अनुसार मनोरञ्नका कुनै साधन नभएको बेला नेपाल र छिमेकी भारतका मानिस भेला भएर मेलाको बहानामा रमाईलो गर्ने परम्परा बसेको थियो । अधिकारीले भन्नु भयो‘राई जातीको साकेला नाच , लिम्बु जातीको धान नाच नाचेर मेलाबाटै केटी तानेर लाने परम्परा थियो, तानेर लगे पछि आधिकारीक बिवाह भएको मानिन्थ्यो ।’त्यो बेला एउटा समुहले केटीलाई एकातिर तानेर लाने र अर्को समुहले अर्कै तिर खोज्ने चलन थियो ।
झयाम्टे मेला ब्यवस्थापन समितिले अहिले मेलालई अलि परिस्कृत गरेको छ । मेला आयोजक समितिका अध्यक्ष असेष राईका अनुसार अहिले स्थानीय खानाका परिकारका स्टल समेत राखीको छ । मेलामा स्थानीय कलाकारले सांगीतिक कार्यक्रम र साकेला नृत्य समेत आयोजना गरीएको छ ।
मेलामा मासु, सुन्तला र बदामको ब्यपार फस्टाएको थियो । पूर्णेडाँडामा वि.सं.१८७२ मा सुगौलीको संघी पछिका तीन वर्षसम्म खलङ्गा रहेको थियो । उक्त समयमा सरकारका प्रशासनिक अड्डा स्थापन भएको पूर्णे डाँडामा बिगत चार बर्ष देखि मेला लाग्न थालेको हो । सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धीले नेपालको सिमाना मेची तोकेपछि त्यस बेलाका बडा हाकिम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पूर्णे डाँडामा सारेको पाइन्छ ।त्यसबेला तमोरनदी पूर्व लिम्बूवान करफोकबाट हेरिन्यो । तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरेको थियो ।
करफोकमा करफोक खलंगा सामुदायिक होमस्टे संचालनमा आएका छन् । होमस्टेका कारण करफोक , पूर्णे डाँडामा पर्यटकको चहलपहल समेत बढेको छ । करफोकमा दुई दिने होमस्टे प्रवर्धन महोत्सव लगाइएको छ । महोत्सवमा स्थानीय खानाका परिकारका स्टल राखीएको थियो । अर्गानिक खानेकुरा प्रवर्धन गर्न पर्यटन कार्यालय काकडभिट्टा र सूर्योदय नगरपालिकाले सहयोग गरेको होमस्टे ब्यवसायी चन्द्र सापकोटाले जानकारी दिनु भयो ।

TOP