फिक्कल: इलामको सूर्योदय नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको अवसरमा खुल्ला बहस कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका मुल आयोजक समितिको आयोजनामा बिभिन्न बिषयमा छलफल गर्दै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको अवसरमा खुल्ला बहस कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटे , माईजोगमाई गाउँपालिकाका उजुरी प्रशासन श्याम स्याम्बोले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा भएका कार्यक्रम , लैङ्गिक हिंसाको अवस्था र आगामी दिनका योजनाका बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले १६ दिन मात्र कार्यक्रम गरेर लैङ्गिक हिंसा न्यूनीकरण गर्न नसकिने भएकाले बर्षै भरी कार्यक्रम गर्न सुझाव दिनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकला बराईलीले समाजमा हुने जस्ता सुकै हिंसाको अन्त्य गर्नका लागि तीनै तहका सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । माईजोगमाई गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रविना राईले कुनै भेदभाव बिना न्याय सम्पादनका काम गरीरहेको बताउनु भयो । उहाले न्याय सम्पादन गर्ने ब्यक्ति नै कहिले काही न्याय माग्न अदालत जानु पर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा सहभागीले लैङ्गिक हिंसा , घरेलु हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सूर्योदय नगरपालिका सामाजिक बिकास मिति संयोजक डिक बम्जन, आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्मा, वडा नं. ५ का वडाध्यक्ष उर्गेन बम्जन, स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारी , बाल संजालका पूर्व अध्यक्ष निरोज चाम्लिङ , सूर्योदयका कानुनी सल्लाहकार लेखनाथ दाहाल, सहित हिंसा पीडितले आफनो धारण राख्नु भएको थियो । कायृक्रममा माईजोगमाई गाउँपालिका उपाध्यक्ष राई , इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक भोटे लगायतका बक्ता बिच बिभन्न बिषयमा बहस भएका थियो । उक्त कार्यक्रममा उच्च अदालत बार एसोसिएसन इलामका सचिव तथा अधिबक्ता तिर्थ खतिवडाले लैङ्गिक हिंसा, कानुनी उपचार आदिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । सूर्योदयमा मंसिर १० देखि २५ सम्म बिभिन्न कार्यक्रम गरी दिवस मनाईएको थियो ।