जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा बहस कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा बहस कार्यक्रम सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको अवसरमा खुल्ला बहस कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका मुल आयोजक समितिको आयोजनामा बिभिन्न बिषयमा छलफल गर्दै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको अवसरमा खुल्ला बहस कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटे , माईजोगमाई गाउँपालिकाका उजुरी प्रशासन श्याम स्याम्बोले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा भएका कार्यक्रम , लैङ्गिक हिंसाको अवस्था र आगामी दिनका योजनाका बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले १६ दिन मात्र कार्यक्रम गरेर लैङ्गिक हिंसा न्यूनीकरण गर्न नसकिने भएकाले बर्षै भरी कार्यक्रम गर्न सुझाव दिनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकला बराईलीले समाजमा हुने जस्ता सुकै हिंसाको अन्त्य गर्नका लागि तीनै तहका सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । माईजोगमाई गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रविना राईले कुनै भेदभाव बिना न्याय सम्पादनका काम गरीरहेको बताउनु भयो । उहाले न्याय सम्पादन गर्ने ब्यक्ति नै कहिले काही न्याय माग्न अदालत जानु पर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा सहभागीले लैङ्गिक हिंसा , घरेलु हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सूर्योदय नगरपालिका सामाजिक बिकास मिति संयोजक डिक बम्जन, आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्मा, वडा नं. ५ का वडाध्यक्ष उर्गेन बम्जन, स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारी , बाल संजालका पूर्व अध्यक्ष निरोज चाम्लिङ , सूर्योदयका कानुनी सल्लाहकार लेखनाथ दाहाल, सहित हिंसा पीडितले आफनो धारण राख्नु भएको थियो । कायृक्रममा माईजोगमाई गाउँपालिका उपाध्यक्ष राई , इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक भोटे लगायतका बक्ता बिच बिभन्न बिषयमा बहस भएका थियो । उक्त कार्यक्रममा उच्च अदालत बार एसोसिएसन इलामका सचिव तथा अधिबक्ता तिर्थ खतिवडाले लैङ्गिक हिंसा, कानुनी उपचार आदिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । सूर्योदयमा मंसिर १० देखि २५ सम्म बिभिन्न कार्यक्रम गरी दिवस मनाईएको थियो ।

 

 

 

 

TOP