खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

सूर्योदयमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
सूर्योदयमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न
Spread the love

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्याममा विज्ञान र गणित प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । नगर भित्रका २६ वटा आधारभूत र माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रदर्शनीमा २२२ वटा परियोजना प्रदर्शन गर्दै सम्पन्न भएको हो ।
प्रदर्शनीमा आधारभूत र माध्यमिक तर्फका गणित, विज्ञान र विविध खोजमूलक बिधामा बिद्यार्थीले बिभिन्न सामग्री तथार गरी प्रदर्शनी गरेका थिए ।शिक्षा युवा तथा खेलकुद शाखाले बाह्र महिना बाह्र कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगितामा पदर्शनी अवलोकन गर्न दुई दिन सम्म भिड लागेको थियो । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईका अनुसार नवप्रवर्तनात्मक तथा खोजमूलक (विविध) बिदामा जनक माध्यमिक बिद्यालय उत्कृष्ट भएको छ । प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमश नगद पुरस्कार २० हजार, १५ हजार र १० हजार रुपियाँ दिइएको थियो ।
प्रतियोगितामा आधारभूत तह गणित विधा तर्फ हेरोहल एकाडेमी प्रथम, करफोक विद्या मन्दिर मा.वि. द्वितीयर सरस्वती मा.वि तृतीय भएका थिए । त्यस्तै आधारभूत तह विज्ञान तर्फ आदर्श आ.वि प्रथम, फिक्कल मा.वि. द्वितीयर इलाम साइ ज्योति बोर्डिङ्ग स्कूल तृतीय भएका थिए ।
माध्यमिक तह गणित विधा तर्फ फिक्कल मा.वि प्रथम, करफोक विद्या मन्दिर मा.वि द्वितीय र कृष्णाश्रम मा.वि. तृतीय भएका थिए । माध्यमिक तह विज्ञान तर्फ करफोक विद्या मन्दिर प्रथम, पञ्चकन्या अंग्रेजी विद्यालय द्वितीय र नर्बदा कल्याण अंग्रेजी विद्यालय तृतीय भएका थिए ।


शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भट्टराईले प्रदर्शनीले बिद्यार्थीलाई खोज र अनुसन्धानात्मक बनाएको बताउनु भयो । उहाले बिगतका बर्ष भन्दा फरक किसिमका सामग्री बिद्यालयले तयार गरेको जानकारी दिनु भयो । नगर प्रमुख रण बहादुर राईले बिज्ञान र गणित बिषयमा बिद्यार्थीको रुचि बढोस भनेर कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘बर्षेनी आयोजना गरीने पदर्शनीले बिद्यार्थीलाई बैज्ञानिक बाटो तफ डोहो¥याएको छ ।’
नगरले यस अघि नै फिक्कल माध्यमिक बिद्यालयमा बिज्ञान प्रयोगशालाको स्थापना गरीसकेको छ । नगरले जम्मा बजेटको ३५ प्रतिशत हाराहारी बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरेको छ । नगरले सामुदायिक बिद्यालयलाई प्रविधिमैत्री बिद्यालय बनाई शैक्षिक गुणस्तर सुधारमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

TOP