जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्याममा विज्ञान र गणित प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । नगर भित्रका २६ वटा आधारभूत र माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रदर्शनीमा २२२ वटा परियोजना प्रदर्शन गर्दै सम्पन्न भएको हो ।
प्रदर्शनीमा आधारभूत र माध्यमिक तर्फका गणित, विज्ञान र विविध खोजमूलक बिधामा बिद्यार्थीले बिभिन्न सामग्री तथार गरी प्रदर्शनी गरेका थिए ।शिक्षा युवा तथा खेलकुद शाखाले बाह्र महिना बाह्र कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगितामा पदर्शनी अवलोकन गर्न दुई दिन सम्म भिड लागेको थियो । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईका अनुसार नवप्रवर्तनात्मक तथा खोजमूलक (विविध) बिदामा जनक माध्यमिक बिद्यालय उत्कृष्ट भएको छ । प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमश नगद पुरस्कार २० हजार, १५ हजार र १० हजार रुपियाँ दिइएको थियो ।
प्रतियोगितामा आधारभूत तह गणित विधा तर्फ हेरोहल एकाडेमी प्रथम, करफोक विद्या मन्दिर मा.वि. द्वितीयर सरस्वती मा.वि तृतीय भएका थिए । त्यस्तै आधारभूत तह विज्ञान तर्फ आदर्श आ.वि प्रथम, फिक्कल मा.वि. द्वितीयर इलाम साइ ज्योति बोर्डिङ्ग स्कूल तृतीय भएका थिए ।
माध्यमिक तह गणित विधा तर्फ फिक्कल मा.वि प्रथम, करफोक विद्या मन्दिर मा.वि द्वितीय र कृष्णाश्रम मा.वि. तृतीय भएका थिए । माध्यमिक तह विज्ञान तर्फ करफोक विद्या मन्दिर प्रथम, पञ्चकन्या अंग्रेजी विद्यालय द्वितीय र नर्बदा कल्याण अंग्रेजी विद्यालय तृतीय भएका थिए ।


शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भट्टराईले प्रदर्शनीले बिद्यार्थीलाई खोज र अनुसन्धानात्मक बनाएको बताउनु भयो । उहाले बिगतका बर्ष भन्दा फरक किसिमका सामग्री बिद्यालयले तयार गरेको जानकारी दिनु भयो । नगर प्रमुख रण बहादुर राईले बिज्ञान र गणित बिषयमा बिद्यार्थीको रुचि बढोस भनेर कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘बर्षेनी आयोजना गरीने पदर्शनीले बिद्यार्थीलाई बैज्ञानिक बाटो तफ डोहो¥याएको छ ।’
नगरले यस अघि नै फिक्कल माध्यमिक बिद्यालयमा बिज्ञान प्रयोगशालाको स्थापना गरीसकेको छ । नगरले जम्मा बजेटको ३५ प्रतिशत हाराहारी बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरेको छ । नगरले सामुदायिक बिद्यालयलाई प्रविधिमैत्री बिद्यालय बनाई शैक्षिक गुणस्तर सुधारमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

TOP