कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

जिर्मले र रम्भ्याङ स्वास्थ्य चौकीमा थेरापी सोवामा स्थानीयको आकर्षण

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
जिर्मले र रम्भ्याङ स्वास्थ्य चौकीमा थेरापी सोवामा स्थानीयको आकर्षण

गोबिन्द पौडेल रोङ: इलामको रोङ गाउँपालिकाको जिर्मलेको दुईवटा स्वास्थ्य सस्थामा थेपारी सेवा सुचारु भएपछि सेवाग्राहीको चाप बढेको छ ।रोङ ६ को जिर्मले स्वास्थ्य चौकी र रम्भ्याङ आधारभुत स्वास्थ केन्द्रमा फिजियो थेरापि सगै अन्य सेवाग्राहीको चाप बढेको छ । बिरामीको चाप बढे पनि न्युन जनशक्तिका कारण सेवा सचालनमा कठिनाई देखिएको छ ।
दुईजना स्वास्थ्य कर्मी रहेको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रमा गत मसिर ९ गते देखि उपकरण सचालन गर्न दुई दिन स्वास्थ्यकर्मीलाई तालिम प्रदान थेरापिस्ट मनिषा पोखरेल उपस्थित हुदा सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेवाट बेलुका ७ बजेसम्मनै चलाउनु परेको थियो । अहिले पनि दैनिक ३० जना सेवाग्राही आउने गरेको अनमि रुपा राईले बताउनु भयो ।नियमित स्वास्थ्य सेवा,खोप,रिपोर्टिङ लगायत अतिरिक्त फिजियो थेरापि समेत सुचारु थपिदा स्वास्थ्यकर्मीलाई समस्या भएको छ । सेवाग्राहीको चाप अनुसार एक बिरामिलाई ३५ मिनेट गरिनु पर्ने थेरापी १५ मिनेट गर्नु पर्ने बाध्यता रहेको राईले जानकारी दिनु भयो ।
हाडजोर्नि,मांसपेसिका दुखाई,नशा,पक्षघात समस्या भएका बिरामीलाई उपयोगी मानिने फिजियो थेरापीमा सोहि प्रकारका बिरामि आउने गरेको अनमि राईले बताउनु भयो।रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले सिमित जनशक्तिको बावजुत पनि सेवाग्राहीको चाप अनुसार जनशक्ति थप गर्ने पहल भईरहेको र केहिदिनमै थप जनशक्ति ब्यवस्थापन गर्ने बताउनु भयो ।स्वास्थ्य सेवा लिन अशक्त, जेष्ठ नागरिक आईरहदा जनशक्ति अभावका कारण लामो समय सम्म पनि पालो पर्खनु पर्ने बाध्यता रहेकोले जनशक्ति ब्यवस्थापनमा स्थानिय सरकारले तुरुन्तै पहल गर्नुपर्ने स्थानिय युवा रञ्जित साम्पाङले बताउनु भयो ।

TOP