जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

जिर्मले र रम्भ्याङ स्वास्थ्य चौकीमा थेरापी सोवामा स्थानीयको आकर्षण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
जिर्मले र रम्भ्याङ स्वास्थ्य चौकीमा थेरापी सोवामा स्थानीयको आकर्षण

गोबिन्द पौडेल रोङ: इलामको रोङ गाउँपालिकाको जिर्मलेको दुईवटा स्वास्थ्य सस्थामा थेपारी सेवा सुचारु भएपछि सेवाग्राहीको चाप बढेको छ ।रोङ ६ को जिर्मले स्वास्थ्य चौकी र रम्भ्याङ आधारभुत स्वास्थ केन्द्रमा फिजियो थेरापि सगै अन्य सेवाग्राहीको चाप बढेको छ । बिरामीको चाप बढे पनि न्युन जनशक्तिका कारण सेवा सचालनमा कठिनाई देखिएको छ ।
दुईजना स्वास्थ्य कर्मी रहेको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रमा गत मसिर ९ गते देखि उपकरण सचालन गर्न दुई दिन स्वास्थ्यकर्मीलाई तालिम प्रदान थेरापिस्ट मनिषा पोखरेल उपस्थित हुदा सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेवाट बेलुका ७ बजेसम्मनै चलाउनु परेको थियो । अहिले पनि दैनिक ३० जना सेवाग्राही आउने गरेको अनमि रुपा राईले बताउनु भयो ।नियमित स्वास्थ्य सेवा,खोप,रिपोर्टिङ लगायत अतिरिक्त फिजियो थेरापि समेत सुचारु थपिदा स्वास्थ्यकर्मीलाई समस्या भएको छ । सेवाग्राहीको चाप अनुसार एक बिरामिलाई ३५ मिनेट गरिनु पर्ने थेरापी १५ मिनेट गर्नु पर्ने बाध्यता रहेको राईले जानकारी दिनु भयो ।
हाडजोर्नि,मांसपेसिका दुखाई,नशा,पक्षघात समस्या भएका बिरामीलाई उपयोगी मानिने फिजियो थेरापीमा सोहि प्रकारका बिरामि आउने गरेको अनमि राईले बताउनु भयो।रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले सिमित जनशक्तिको बावजुत पनि सेवाग्राहीको चाप अनुसार जनशक्ति थप गर्ने पहल भईरहेको र केहिदिनमै थप जनशक्ति ब्यवस्थापन गर्ने बताउनु भयो ।स्वास्थ्य सेवा लिन अशक्त, जेष्ठ नागरिक आईरहदा जनशक्ति अभावका कारण लामो समय सम्म पनि पालो पर्खनु पर्ने बाध्यता रहेकोले जनशक्ति ब्यवस्थापनमा स्थानिय सरकारले तुरुन्तै पहल गर्नुपर्ने स्थानिय युवा रञ्जित साम्पाङले बताउनु भयो ।

TOP