जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

हिमालय मा.वि.गोर्खेको ७७ औँ बार्षिकोत्सव सम्पन्न

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
हिमालय मा.वि.गोर्खेको ७७ औँ बार्षिकोत्सव सम्पन्न

फिक्कल : सूर्योदय नगरपालिका १ गोर्खैको हिमालय माध्यमिक बिद्यालयको ७७ औं बार्षिक उत्सव सम्पन्न भएको छ । बुधबार बिद्यालयमा आयोजिक बिधिन्न कार्यक्रमका बिच ७७ औं बार्षिक उत्सव सम्पन्न भएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ललित कुमार वाँडाको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा बिद्यालयलाई बिभिन्न क्षेत्रबाट योगदान गर्ने ब्यक्तिलाई सम्मान गरीएको थियो ।
विद्यालयलाई जग्गा दान दिने टेकवीर राई, विद्यालय व्यवस्थापन समितिका पूर्व महिला सदस्य मीना कुमारी शाह र विद्यालय शिक्षक अभिभावक संघका संस्थापक सदस्य चक्रबहादुर कटुवाल सम्मानित हुनुभएको छ ।विद्यालयमा लामो समय शिक्षण सेवा गरेर पाँचथर सरुवा हुनुभएका शिक्षक निमेश भट्टराई र इलाम सदरमुकाम सरुवा हुनुभएका यज्ञ भट्टराईलाई बिधाई गरिएको छ । त्यसैगरि झुनामाया स्मृति छात्रवृत्ति कोषबाट २०८० मा उत्कृष्ट विद्यार्थीका रुपमा नुमा लिम्बू र उत्कृष्ट विद्यार्थी २०८१ का रुपमा दिलकुमारी फूएललाई पुरस्किृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राईले सूर्योदय नगरपालिकाको सबैभन्दा मोटो खर्च शिक्षा क्षेत्रमा लगानी भएको बताउनु भएको छ । सामाजिक सुरक्षा भत्ता बाहेक दोश्रोमा शिक्षा क्षेत्रमा लगानी बढी गरिएकोले दिर्घकालमा प्रतिफल पाउनेमा सबै आसावादी हुनुपर्ने बताउनुभयो । शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक मात्र नभई अभिभावक समेत जिम्मेवार हुने भन्दै बालवच्चाप्रति सम्बेदनशिल रहन सुझाव दिनुभएको छ । हिमालय माविको भौतिक संरचना निर्माणमा तत्काल काम हुने विश्वास दिलाउनुभयो ।


कार्यक्रममा सूर्योदय नगरपालिका वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक वडा १ का अध्यक्ष राजकुमार शेरेङ र नगर आर्थिक विकास समितिका संयोजक साथै ९ नम्बर वडाका अध्यक्ष देबेन्द्र आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता थियो ।कार्यक्रममा सहभागिलाई प्रधानाध्यापक कुल बहादुर ईम्सङ्गले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक उद्धव पौडेल, गणेश कुमार खड्का र निधि पोख्रेलले गर्नुभएको थियो ।

एक लाखको अक्षयकोष स्थापना

हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका एक परिवारले विद्यालयलाई एक लाखको अक्षयकोष स्थापना गरिदिएका छन् ।नेपाली कांग्रेस वडा सभापति अर्जुन कुमार भट्टराईको परिवारले आमा झुनामाया भट्टराईको स्मृतिमा गत साल स्थापना गरेको पचास हजार रकमको छात्रवृत्ति कोषमा आज(बुधबार) पचास हजार थपगरि एक लाखको छात्रवृत्ति कोष स्थापना गरिदिनुभएको हो ।
उहाँकी आमाको गत बर्ष ६६ बर्षको उमेरमा निधन भएको थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा थप टेवा पुर्याउने उद्धेश्यले यथासक्य सहयोग उपलब्ध गराएको सभापति भट्टराईले बताउनुभयो ।उहाँका ७० बर्षीय बुवा योगेन्द्र प्रसाद भट्टराईले पारिवारिक सल्लाह अनुसार यस क्षेत्रका जेहेन्दार बालबालिकालाई अध्ययनमा प्रोत्साहन हुने अपेक्षाले छात्रवृत्ति कोष खडा गरिएको बताउनुभएको छ । विद्यालयले बार्षिकोत्सवको अवसरमा झुनामाया स्मृति छात्रवृत्ति कोषबाट २०८० मा उत्कृष्ट विद्यार्थीका रुपमा नुमा लिम्बू र उत्कृष्ट विद्यार्थी २०८१ का रुपमा दिलकुमारी फूएललाई पुरस्किृत गरेको छ । विद्यालयको गुणस्तर वृद्धिमा कोष खडा गरेर सहयोग उपलब्ध गराउने भट्टराई परिवारप्रति विद्यालय आभारी रहेको प्रधानाध्यापक कुल बहादुर ईम्सङले बताउनुभयो ।

TOP