प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

रोङको सरस्वती माविमा मन्दिर शिलन्यास

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
रोङको सरस्वती माविमा मन्दिर शिलन्यास

रोङ :  इलामको रोङ गाउँपालिका-६ को सरस्वती माध्यामिक बिद्यालयमा सरस्वतीको मन्दिरको आज शिलान्यास गरिएको छ ।बिद्यालय परिसरमा बन्ने बिद्याकी देवी सरस्वतीको बैदिक बिधिका साथ रोङ गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासले शिलन्यास गरेकी हुन् ।

बिद्यालयले मन्दिर निर्माणको लागि गत दीपावलीको अवसरमा देउसी कार्यक्रमबाट १ लाख १ हजार ४७१ रुपैया नगद संकलन गरेको थियो । जसको लागि लागत ३ लाख ४० हजार रहेको लागत साझेदारीमा रोङ गाउँपालिकाले ६० हजार थप गरिदिने भएको छ ।बिद्यालय सेवाक्षेत्र बाहेक छिमेकि गाउँहरु तारगाउँ,सलकपुर,जौवारी क्षेत्रहरूवाट पनि आर्थिक सहयोग जुटिरहेको र कतिपय अभिभावकहरुवाट निर्माण सामाग्री रड,सिमेन्ट,वालुवा उपलब्ध गराउने प्रतिबद्धता आएकोमा प्रधानाध्यापक गोबिन्द पौडेलले बताए ।

निर्माणाधिन मन्दिरको लागि अपुग रकमको लागि बिद्यालयमा काम गरेका शिक्षक,कर्मचारी पुर्व बिध्यार्थी हरुसंग पनि अनुरोध गरिएको बिव्यस अध्यक्ष प्रेम साङपाङको भनाई रहेको छ ।मन्दिर निर्माण गरि आगामी बसन्त पञ्चमीको दिन प्राण प्रतिष्ठा सहित शिलन्यास गरिने लक्ष्य राखिएको छ ।

TOP