प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

क्यान इलामको अध्यक्षमा पुन निरौला

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
क्यान इलामको अध्यक्षमा पुन निरौला

इलाम :  कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) इलामको १७ ‍औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा कुमार निरौला चयन भएका छन् । निरौलाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यमसिति सर्वसम्मत चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर भण्डारी र सचिवमा मंगेश खत्री चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा पनि पुन : युवराज थामी चयन भएका छन् भने सहसचिवमा अतित योङहाङ चयन भएका छन् । समितिको सदस्यहरुमा अनु राई, शुसिल कार्की, गीता निरौला र प्रकाश निरौला चयन भएका छन् ।

क्यान इलामका अध्यक्ष कुमार निरौलाको अध्यक्षता तथा क्यानका केन्द्रीय सचिव भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा क्यान इलामका संस्थापक अध्यक्ष भक्त थामीले क्यान इलामको विगत र वर्तमानको चर्चा तथा भविश्यमा क्यानको कार्यदिशाबारे मन्तव्यको रुपमा धारणा राखेका थिए ।

अधिवेशनमा केन्द्रीय सदस्य ठाकुर कुमार श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष रोशन दहाल र सुनसरी जिल्ला अध्यक्ष सन्देश राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम निवर्तमान सहसचिव मंगेश खत्रीको सञ्चालनमा भएको हो ।

TOP