जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदयको रम्फोकमा ३ करोड लागतमा पाल्युल ज्याङछुप गुम्बा निर्माण

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदयको रम्फोकमा ३ करोड लागतमा पाल्युल ज्याङछुप गुम्बा निर्माण

फिक्कल: इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा निर्माण भएको पाल्युल ज्याङछुप धाग्र्यलिङ गुम्बाको उद्धघाटन गरिएको छ । एक कार्यक्रमका बिच सूर्योदय नगर प्रमुख रणबहादुर राई र रिगोटुल्कु रिम्पोछेले संयुक्त रुपमा रिवन काटेर गुम्बाको उद्धघाटन गरेका हुन् । गुम्बा उद्धघाटनपछि औपचारिक कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख रणबहादु राईले धर्मले सबै जातिलाई एकताको सुत्रमा बाध्ने बताए । उनले समृद्ध बन्नका लागि आएका चुनौतीहरुलाई समाधान गर्न गुम्बा मन्दिर लगायतका धार्मिक संस्थाहरुले मद्धत गर्ने बताए ।उनले काजी पदमचन्द्रको सोच पुरा गर्न ४३ बर्ष लागेको उल्लेख गर्दै त्याग र धैयताबाट मात्र सफलता प्राप्त गर्ने बताए । उनले शिक्षामा सूर्योदय नगरपालिका इलाममै सवैभन्दा बढि लगानी भएको पालिका बताउँदै नतिजा केही बर्षपछि देखिने बताए । राईले नगरले १ अर्बको खानेपानीको योजना अघि बढाएको बताए । उनले गुम्बासम्म आउने बाटोको समस्यलाई आर्थिक बर्ष ०८२÷८३ को बजेटमा सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले गुम्बा शिक्षा प्रदान गर्न चाहे नगरले बजेट व्यवस्थापन गर्ने बताए । उनले रिम्पोछेले बुद्धपार्कलाई फ्रेब्रअरीमा उद्धघाटन गर्न गरेको आग्रहलाई यथाचित सहयोग र समन्वय भएको खण्डमा सम्भव रहने बताए ।

नगरले शिक्षासंगै स्वास्थ्य र कृषिलाई समेत प्राथमिकतामा राखेको बताए । उनले गत आर्थिक बर्षमा नगर अस्पतालबाट ५४ हजार ८९९ जनाले सेवा लिएको उल्लेख गर्दै चालु आर्थिक बर्षको ३ महिनामा २० हजारलाई सेवा प्रदान गरिएको बताए । उनले ८० हजार चालु आर्थिक बर्षमा सेवाग्राही पु¥याउने लक्ष्य रहेको समेत बताए । कार्यक्रमका अतिथि नगर उपप्रमुख दुर्गाकुमार बरालले धर्मले अनुशासन सिकाउने बताए । उनले गुम्बालाई नगर क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताए । बरालले खानेपानी व्यवस्थापन समितिको संयोजकको हैसियतले गुम्बा क्षेत्रमा पानी आपुर्तिको प्रबन्ध मिलाउने बताए ।

कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्माले गुम्बा निर्माणपछि धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने बताए । उनले नैतिकताका पाठ सिकाउन धार्मिक संस्थाको योगदान अतुलनिय रहेको बताए । शर्माले गुम्बालाई बौद्ध धर्मको आयामको रुपमा स्थापित गराइने बताए । कार्यक्रममा इन्द्र तामाङले स्वागत मन्तव्य र गुम्बाको पुर्नःस्थापनाको बारेमा जानकारी गराएका थिए । उद्धघाटन कार्यक्रममा धर्मगुरु रिगो टुल्कु रिम्पोछे र धर्मगुरु खेन्छेन नाम्ड्रोल छेरिङ रिम्पोछेले छोटो प्रवचन दिएका थिए ।

पेनोर रिन्पोछे बुद्ध धर्मावलम्बी समाजका अध्यक्ष धर्मगुरु खेन्छेन नाम्ड्रोल रिम्पोछेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । धर्मगुरु रिगो टुल्कु रिम्पोछे, टुल्कु छेरिङ्ग दोर्जे रिम्पोछे र टुल्कु साङ्गे सेडुप रिम्पोछेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम सोनाम यल्मोले संचालन गरेका थिए । गुम्बा निर्माणमा ३ करोड भन्दा बढि लगानी भएको बताइएको छ ।

 

TOP