जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय नगरपालिका ९ को दियालो आधारभूत बिद्यालयमा बिज्ञान प्रयोगशालाको उद्घाटन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिका ९ को दियालो आधारभूत बिद्यालयमा बिज्ञान प्रयोगशालाको उद्घाटन

फिक्कल: सूर्योदय नगरपालिका ९ को दियालो आधारभूत बिद्यालय निर्माण गरीएको बिज्ञान प्रयोगशालाको उद्घाटन गरीएको छ । बिद्यालयले निर्माण गरेको प्रयोगशालाको नगर प्रमुख रण बहादुर राईले उद्घाटन गर्नु भयो । सोहि अवसरमा दृउसीभैलो समापन सांस्कृतिक कार्यक्रम समेत आयोजना गरीयो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मनिराज राईको अध्यक्षता तथा नगर प्रमुख राण बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वडा नं. नौ का वडाध्यक्ष देवेन्द्र शर्मा सहितका जनप्रतिनिधिको सहभागीता थियो । कार्यक्रममा देउसीभैलोबाट दुई लाख १४ हजार ७ सय पाँच रुपियाँ संकलन भएको र वडा नंं. नौ कै ढोडे क्लबले बिद्यालयलाई १६ हजार ८ सय ४० रुपियाँ सहयोग गरेको सार्वजनिक गरीयो । संकलित रकमले बिद्यालयको शैक्षिक सुधारका कार्यक्रम संचालन गरीने बिद्यालयले जनाएको छ । उक्त कार्यक्रममा २०८० सालको देउसीभैलोबाट संकलित एक लाख ६१ हजारले बिद्यालयमा बिज्ञान प्रयोगशाला निर्माण, खेल सामग्री खरिद, बिज्ञान सामग्री खरीद, बाजा खरीद, कपी पेन्सिल खरीद र सांस्कृतिका पोषाक खरीद गरीएको बिद्यालयकी शिक्षिका बिष्णु माया राईले विवरण पेश गर्नु भयो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले बिद्यालयले गरेका कामको प्रशसा गर्दै शिक्षकले पढाउने मात्र नभई बिद्यार्थीका हरेक गतिविधिमा जानकार बन्नु पर्ने बताउनु भयो । उहाले नगरपालिका , शिक्षा शाखा र बिद्यालयले मात्र पहल गरेर शैक्षिक सुधार नहुने हुँदा अविभावक समेत सचेत बन्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष शर्माले ग्रामिण क्षेत्रका बिद्यालयले सरकारको प्रतिनिधित्व गरेको बताउनु भयो । उहाले बिद्यालय आसपासको क्षेत्र शान्त रहने भन्दै बिद्यालयका कारण बिभिन्न समस्याबाट समाज जोगीएको बताउनु भयो । कार्यक्रममा नगरको शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति सु दर्शन खतिवडा र बिज्ञान शिक्ष्क समाज सूर्योदयका अध्यक्ष सफल राईले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो । दियालो आवि २०४१ सालमा युनिसेफको सहयोगमा स्थापना भएको थियो ।

TOP