जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

संचारकर्मी भट्टराईको लोभलाग्दो कृषि कर्म

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
संचारकर्मी भट्टराईको लोभलाग्दो कृषि कर्म

फिक्कल: अन्नपुर्ण पोष्ट दैनिकका इलाम संवाददाता तोयानाथ भट्टराईले समाचार लेख्न शुरु गरेको २४ बर्ष पुग्यो । इलामको सूर्योदय नगरपालिका ११ माघेबाट सदरमुकाम छिरेपछि समाचारमा भविश्य खोजेका उनले अहिले समाचर पछिको समयलाई कृषि कर्ममा मजाले उपयोग गरेका छन् । अन्नपुर्ण पोष्ट, अन्नपुर्ण डटकम, अन्नपुर्ण रेडियो र एपीवान एच डि टेलिभिजनका संवाददाता उनले स्थानी दैनिक पत्रिकामा पाँच बर्ष भन्दा बढि कार्यकारी सम्पादकको रुपमा समय विताए । उनको फुर्सदिलो समय फार्ममा वित्ने गरेको छ ।
९ सय वर्ग मिटरमा दशवटा प्लाष्टिक टनेल, थोपा सिंचाई, प्लाष्टिक मल्चिङ गरेर पाँच लाखको लगानीमा शुरु गरेको फर्ममा बेमौसमी टमाटर, काक्रा, खोर्सानी, रायोको साग, काउली लगाएका छन् ।
प्रदेश नम्बर १ को भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३ लाख ५० हजार बाहेक स्वलगानी गरेका उनले स्थानीय युवाहरुलाई समेत रोजगारी प्रदान गरेको स्थानीय युवा ज्ञानीराम आचार्यले बताए ।
उनको यो कर्ममा श्रीमती यसोदा बानीया र आमा विष्णु देवी भट्टराईले साथ दिएका छन् । ७३ बर्षकी आमा विष्णु देवि भट्टराईले भनिन् ‘छोराको प्रयास देखेर गाउँका युवाहरु पनि व्यवसायीक कृषिका लागि जागर चलाउन थालेका छन् ।’समाचार कर्ममा रहदा हजारौका सफलता र सफलताका कथा लेखेका उनले कृषि क्षेत्रमा सफल प्रशिक्षकका रुपमा २० बर्ष विताएका छन् । उनले अहिले सम्ममा इलाम र पाँचथरका ५० हजार भन्दा बढि कृषकलाई तालिम समेत प्रदान गरेका छन् ।
उनले सुनाए ‘कृषक प्रशिक्षकका रुपमा गाउँमा पुगेर कामगर्दा सिक्ने र सिकाउने दुबै हुन्छ, आफ्नो फार्ममा त्यह िअनुभवलाई समेत उपयोग गरेको छु ।’उनले रासयनीक मलको विकल्पको रुपमा गाईको मुत्र, गोवर, सख्खर लगायतका सामग्री मिसाएर जैविक झोल मल बनाएका छन् । त्यो मलमा रहेको गुणस्तर परिक्षणका लागि नेपाल सरकारको माटो तथा मल परिक्षण प्रयोगशालामा पठाएको उनले सुनाए । उनले भने ‘त्यसको परिणम आएपछि इलामको अग्यानीकरणमा अभियान चलाउन सकिन्छ ।’
उनका सबै कृषि कर्ममा श्रीमती यसोदा बानीयाले साथ दिएकी छन् । स्थानीय सहकारीको जागिर छोडेर फार्ममा लागेकी बानीयाले सुनाइन् ‘खेती शुरु गरेपछि परिवार चलाउन अझै सजीलो भएको छ ।’कोराना र लकडाउन जपेर त्रास फैलाउने लहरनै चलेको समयमा आफ्नै भुमि कोट्याउने कर्ममा लागेका पत्रकार भट्टराईले ४५ रोपनी क्षेत्रमा चिया खेतीको शुरुवात समेत गरेका छन् । उनले भने ‘अव आधा समय पत्रकारीतामा आधा कृषिमा खर्चीने योजना बनाएको छु ।’
सधै व्यस्त रहने उनले स्थानीय युवाहरुलाई सहकारी व्यवस्थापन, स्थापना, फार्म दर्ता, परियोजना प्रस्ताव लेखन जस्ता विषयमा परामर्श सेवा समेत प्रदान गर्ने गरेका छन् । पत्रकार भट्टराई भन्छन् ‘ कृषि कर्मगर्दा सानु हुने हैन इज्जत बढ्छ भन्ने अबको पुस्तालाई बुझाउनु छ ।’

TOP