रोङ: इलामको रोङ गाउँपालिका वडा न.ं ६ को सरस्वती माध्यमिक बिद्यालय देउसीभैलो कार्यक्रमबाट संकलित दानबाट बिद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिने भएको छ ।बिद्यालयले तिहारमा मन्दिर निर्माणका लागि देउसीभैलो संचालन गरेकोमा एक लाख एक हजार चार सय सढ्चालिस रुपैयाँ नगद र निर्माण सामग्री सकलन गरेको थियो । उक्त रकमबाट बिद्यालयमा मन्दिर निर्माण गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनु भयो । पाँच हजार माथिका दाताको स्वेच्छामा शिलालेखमा नाम लेखिने भएको छ ।
मन्दिर निर्माणको लागि बसेको बिद्यालय ब्यवस्थापन समिति,शिक्षक अभिभावक सघ र सरोकार राख्ने अभिभावको भेलाले मन्दिर निर्माण स्थलको छनौट गरी अपुग कमको लागि रोङ गाउपालिका संगको लागत साझेदारीको प्रस्ताव गर्ने ,स्वेच्छिक दाता र पुर्व बिद्यार्थी,पुर्व शिक्षक सग समन्वय गरेर अनुरोध गरी आगामी बसन्त पञ्चमीका दिन उद्घाटन गर्ने लक्ष्य साथ मन्दिर निर्माण प्रकृया अगाडी बढाईने बि ब्या स अध्यक्ष प्रेम साङपाङ राईले बताउनु भयो ।