प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुलीमा ‘समावेशी महापुरण’

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुलीमा ‘समावेशी महापुरण’

फिक्कल : इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरिएको छ ।चुलाचुली गाउँपालिकाको आयोजनामा अस्पताल परिसरमा सुरु भएको महापुराणको उद्घाटन गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गर्नुभयो । आउँदो मङ्सिर २ गतेसम्म सञ्चालन हुने महापुराणमा मुख्यगरी हिन्दु, बौद्ध र किरात धर्मका धर्मगुरुले कथावाचन एवम् प्रवचन दिने चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

झापासँग सीमा जोडिएको चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण भएपनि सञ्चालनका लागि आर्थिक समस्या भएकाले आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहितको समावेशी महापुरण आयोजना गरिएको उनले बताए । ‘१५ शय्याको आधारभूत अस्पतालको भवन निर्माण भईसकेको छ, आर्थिक अभावमा सञ्चालन गर्न सकिएको छैन,’ अध्यक्ष केरुङले भने, ‘अस्पताल सञ्चालन गर्न सहयोग जुटाउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको छ ।’महापुराणबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले अस्पतालन सञ्चालनका लागि दिगो श्रोतको सुनिश्चतता गर्न अक्षय कोषका लागि महापुराण आयोजना गरिएको बताए । ‘अस्पताल सञ्चालनको सबै खर्च गाउँपालिकाले नै ब्यहोर्नुपर्ने हुन्छ,’ उनले भने, ‘गाउँपालिकाले धान्न नसकिने भएकाले अक्षयकोष बनाउन महापुराण आयोजना गरिएको हो ।’महापुराणमा श्रीमद् भागवत कथा, पाठपारायणसँगै नियमित रुपमा भजन किर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी, केवलकृष्ण अधिकारी, मुन्धुम अध्येता चन्द्रकुमार शेर्मासहित विभिन्न धर्मगुरुहरुबाट आलोपालो गरी फरकफरक दिन प्रवचन सुनाउने व्यवस्था मिलाइएको पुराण व्यवस्थापन समिति सचिव विवश बलिभद्र कोइरालाले जानकारी दिए ।

विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरुको सम्मिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागि समेत महापुराणले योगदान पुर्‍याउने गाउँपालिको अपेक्षा रहेको अध्यक्ष केरुङको भनाई छ ।महापुराण उद्घाटनअघि पाँच हजार नौ वटा कलशसहितको शोभा यात्रा निकालिएको थियो । बाजागाजासहितको यात्रामा गाउँपालिका अध्यक्ष केरुङसहित वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी तथा सबै धर्मका भक्तजनहरुको सहभागिता रहेको थियो ।चुलाचुली गाउँपालिका(२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७र०७८ देखि निर्माण सुरु गरिएको अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । १२ करोड ९० लाख रुपैयाँको लागतमा सुविधायुक्त भवन निर्माण गरिएको छ ।

१५ कठ्ठा १० धुर क्षेत्रफल जग्गामा अस्पताल निर्माण गरिएको हो । अस्पताल निर्माणका स्थानीय ६ जना साजसेवीहरुले जग्गा दान गरेका थिए । अस्पताल निमार्णका लागि स्व। बौधरानी लावतीको परिवारले सात कठ्ठा १० धुर, मेखबहादुर मगरले दुई कठ्ठा १० धुर, सुखमाया लिम्बू खजुमले दुई कठ्ठा, पम्फा राई, फुलकुमारी राई र पूर्णकुमारी राईले संयुक्त रुपमा दुई कठ्ठा, लिलाकुमार लावतीले एक कठ्ठा र हस्तकुमार लावतले १० धुर जग्गा निस्शुल्क उपलब्ध गराएका थिए ।

चुलाचुली गाउँपालिकाले अस्पतालको सेवालाई चौबिसै घण्टा सञ्चालन गरी नागरिकहरुमा प्रसुती सेवासहित अन्य विशेषज्ञ चिकित्सकहरुको सेवा प्रदान गरिने तयारी गरिएको अध्यक्ष केरुङले बताए । अस्पतालको औपचारिक उद्घाटन आउँदो मङ्सिर २ गते महापुराण समापनको अवसरमा गरिने उले जानकारी दिए । नयाँ बुलन्द

TOP