जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधि सरस्वती र करफोकलाई

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदय अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधि सरस्वती र करफोकलाई

फिक्कल: सूर्योदय नगरपालिकाको बाह् महिना बाह् कार्यक्रम अन्र्तगत संचालित अन्तर बिद्यालय स्तरीय कपको उपाधि सरस्वती माध्यमिक बिद्यालय र करफोक बिद्या मन्दिर माध्यमिक बिद्यालयले हात परेका छन ।
नगरको शिक्षा खेलकुद बिकास समिति र शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित माध्यमिक बिद्यालय स्तरीय प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा छात्र तर्फ फिक्कल माबिलाई १ गोलले पराजित गर्दै सरस्वतीले उपाधि हात परेको हो । यस्तै छात्रा तर्फ बिरेन्द माबिलाई २ गोलले हराउदै करफोकले उपाधि हात परेको छ । बिजेता तथा उपबिजेता टिमलाई सूर्योदय १२ का वडाध्यक्ष डोलेन्द्र भारध्वज, १४ का वडाध्यक्ष बल बहादुर समाल , जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले ट्रफी मेडल र प्रमाणपत्र बितरण गर्नु भयो ।
खेलमा छात्र÷छात्रा दुबै तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरीएको शाखा प्रमुख भट्टराईले जानकारी दिनु भयो । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरीएको प्रतियोगितामा नगरका सामुदायिक र संस्थागत गरी २६ टिमको सहभागिता रहेको थियो।
नगरका खेल प्रशिक्षक प्रदिप नारायण शैजुले स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरी प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गरीएको जानकारी दिनु भयो । नगर खेलकुद बिकास समितिका अध्यक्ष सौरभ आचार्यले तल्लो तहबाटै खेलाडीको पहिचान गर्न प्रतियोगिताले सहयोग पुगेको जानकारी दिनु भयो ।

TOP