जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माइजोगमाई गाउँपालिकाद्वारा नयाँबजारका पसल अनुगमन गरी अखाद्य बस्तु नष्ट

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
माइजोगमाई गाउँपालिकाद्वारा नयाँबजारका पसल अनुगमन गरी अखाद्य बस्तु नष्ट

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकाले पालिकाको मुख्य बजारको रुपमा रहेको नयाँबजारका पसलको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईको संयोजकत्वमा गठित समितिले गाउँपालिकाको केन्द्र नयाँबजारका पसलमा अनुगमन गरेको हो ।
अनुगमन समिति संयोजक राई सहित गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत , इलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी इन्चार्ज सहित गाउँपालिकाका कर्मचारीस्वस्थ्य कर्मी ,नयाँबजार बजार ब्यवस्थापन समितिका पदाधिकारी र जनप्रतिनिधि लगायतको टोलिले बजारका खाद्यान्न पसल र होटल गरी ४३ वटा पसलको अनुगमन गरेको समिति संयोजक राईले जानकारी दिनु भयो ।
।अनुगमनका. क्रममा केहि पसलको वडामा दर्ता नगरिएको भेटिएको थियो , केहि पसलमा मात्र मुल्य सुची राखिएको र बाकी पसलमा मुल्य सुची समेत नराखिएको पाइएको छ । केहि पसलमा म्याद गुज्रीएका सामान फेला पारेको छ । म्याद गुज्रिएको सामानलाई अनुगमन टोलिले संकलन गरी मंगलरबारनै डिस्पोज गरेको छ । आगमी दिनमा खाध्यन्न सामग्रीहरु बिक्री बितरणको लागि पसलमा राख्दा म्याद रहेका सामाग्री मात्र राख्ने र पसलमा मुल्य सुची राख्नको लागि समेत सल्लाह सुझाव समेत दिइएको छ ।
गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजारको अनुगमन गरेको हो । गाउँपालिकाले अन्य पसलको आगमी दिनमा गर्ने जनाएको छ ।

बरामद भएको सामग्री नष्ट गर्दै गाउँपालिका टिम

TOP