प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामका युवाले गरे नयाँ अभियान चलाएर बिपन्नलाई सहयोग

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलामका युवाले गरे नयाँ अभियान चलाएर बिपन्नलाई सहयोग


इलाम । इलाम देउमाई नगरपालिका वडा नम्वर ४ का केही युवाहरुकोे समुहले अति बिपन्न तथा गरिव परिवारलाई निःशुल्क खाद्य सामग्री वितरण गरेको छ । वडा नम्वर चारका युवाहरुले पहिलो चरणमा अत्यान्तै बिपन्न २५ परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो । चामल, दाल, नुन, तेल, लगायतका दैनिक उपभोग्य सामाग्री बितरण गरिएको अभियान्ता दुर्गा घिमिरेले बताउनु भयो । कोरोना महामारीले निम्त्याएको आर्थिक संकटका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार भोकमरीको अवस्थामा सो सामाग्री बितरण गरिएको हो ।जसले मानवतामा बिस्वास राख्दछ नाम दिएर युवाहरुले अभियान चलाएको अभियानता पवन खनालको भनाई छ । हुनेले दिएर जानुहोस, नहुनेले लिएर जानुहोस भन्ने नारा सहित कार्यक्रम गरिएको उहाँको भनाई छ ।

लामो लकडाउनले आम जनता आर्थिक संकटमा पर्दा पनि स्थानिय संघसंस्था, स्थानिय तह प्रदेश र राज्य स्थरबाट कुनै सहयोग नभएकोले स्थानिय सहयोग जुटाएर सहयोग गरिएको अभियान्ता अनिल नेपालको भनाई छ । युवाहरुको स्वबिवेकले सामाग्री संकलन गरेर बितरण गरिएको हो । बजार क्षेत्रमा बसोबास गर्ने र दिन सक्ने ब्यक्ति, समाजसेवी ब्यापारीहरुबाट संकलन गरिएको राहत मंगलबारे बजारमा नै एक कार्यक्रमबिच आइतबार बितरण गरिएको अभियान्ता आशिष खनालले बताउनु भयो । कोरोना माहामारिपछिको पहिलो राहात कार्यकम सम्पान भएको युवाहरुको भनाई छ । पहिलो चरणमा वडा नम्वर चारमा गरिएको कार्यक्रम सबै वडामा गएर बितरण गरिने योजना रहेको अभियानताहरुको भनाई छ ।

TOP